मन्त्रीहरूलाई देउवाको निर्देशन- सांसदहरूसँग समन्वय गरेर काम गर्नू « Khabarhub

मन्त्रीहरूलाई देउवाको निर्देशन- सांसदहरूसँग समन्वय गरेर काम गर्नू


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । 

संसदीय दलको सोमबारको बैठकमा दलको नेतासमेत रहेका सभापति देउवाले सरकारमा सहभागी मन्त्रीहरूलाई पार्टीबाट निर्वाचित सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिएका हुन् । 

‘सभापतिज्यूले अन्तिममा मन्त्रीज्यूहरूको काम अलिकति अप्ठ्यारो त होला तर, सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिनुभयो,’ बैठकपछि कांग्रेस सांसद रामहरि खतिवडाले भने । 

उनका अनुसार सभापति देउवाले बैठकमा वर्तमान गठबन्धनको सरकार ७ बुँदे सहमतिअनुसार निरन्तर जाने कुरामा विवाद नरहेको पनि बताए । देउवाले सांसदहरूलाई सरकारले काम गर्ने क्रममा गल्ती गरे खुलेर कुरा राख्न पनि भनेका छन् ।      

‘गठबन्धनको सरकार हाम्रो ७ बुँदे सहमतिअनुसार निरन्तर जाने कुरामा विवाद छैन । तर, गल्ती भयो भने गल्ती भएका कुराहरू खुलेर राख्न सभापतिले पनि भन्नुभएको छ,’ खतिवडाले भने, ‘माननीय सदस्यहरूले पनि कुरा उठाएका छन् ।’

उनले बैठकमा पार्टीका आन्तरिक कुरा, अनुशासनका कुरासँगसँगै सांसदहरूले कहाँ कसरी बोल्ने भन्नेबारेमा पनि कुराहरू उठेको जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ६ : ०० बजे

कांग्रेसले तयार पार्‍यो क्रियाशील सदस्यता वितरणको मापदण्ड

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता वितरणको

भोजपुरमा एमालेलाई झट्का, युवा नेता ध्रुव राई हर्कको श्रम संस्कृति पार्टीतिर

काठमाडौं– नेकपा एमालेको कोशी प्रदेश कमिटी सदस्य तथा भोजपुरका युवा

विद्युतीय शवदाह मेसिन खरिद प्रकरणः कागजात झिकाउन र प्राविधिक जाँच गराउन आदेश

काठमाडौं – विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण

काठमाडौं – निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने

प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक