महाभारत जङ्गलको डढेलो नियन्त्रणमा, पर्यटकीय क्षेत्र खुला | Khabarhub Khabarhub

महाभारत जङ्गलको डढेलो नियन्त्रणमा, पर्यटकीय क्षेत्र खुला


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा लागेको डढेलो आजदेखि नियन्त्रणमा आएको छ । गत मङ्गलबार दिउँसोदेखि खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलबाट आगलागी सुरु भएको थियो ।

उक्त डढेलो बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्र तर्फसमेत फैलिएपछि बस्ती जोगाउने उद्देश्यका साथ शुक्रबार हेलिप्टरबाट रमितेडाँडा र ज्वानेथुम्काको आगलागी निभाइएको थियो । केही दिनअघिसम्म डढेलोले भीषण रूप लिए पनि हाल नियन्त्रणमा आएको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अधिकृत चिनिकाजी श्रेष्ठले हेलिकप्टरसँगै सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा आएको जानकारी दिए । एक हप्तापछि डढेलो नियन्त्रणमा आए पनि केही ठूलो रुखका ठुँटाहरूमा धुवाँ आइरहेको उनले बताए ।

खानीखोला र बेथानचोक गाउँपालिकाका पाँच सामुदायिक वनको करिब एक सय हेक्टर वन डढेलोबाट धेरै क्षति भएको जनाइएको छ । श्रेष्ठका अनुसार थामलेकस्थित चिसापानी सामुदायिक वन, मूलडाँडा चोरण्डे सामुदायिक वन, जनजागृति सामुदायिक वन, बेथानचोक नारायणस्थान सामुदायिक वन तथा नारायणस्थान सामुदायिक वन आगलागीबाट धेरै क्षति भएको भएको छ ।

यसैबीच, पर्यटकीय क्षेत्र बेथानचोक नारायणस्थानमा आगलागीपछि बुधबारबाट आवतजावतमा रोक लगाइएकामा आजदेखि खुला गरिएको छ । आगलागी नियन्त्रणमा आएसँगै उक्त क्षेत्रमा जान खुला गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो । उहाँका नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ को वन क्षेत्र जोखिममा भएकाले त्यस क्षेत्रमा नजान आन्तरिक एवं बाह्य पर्यटकलाई रोक लगाइएको थियो ।

यस्तै, आगलागीबाट पर्यटकीयसँगै बहुमूल्य जडीबुटी तथा जङ्गली जनावरमा क्षति पुगेको अनुमान गरिएको छ । त्यस क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी, महत्त्वपूर्ण रुख, जङ्गली जनावर तथा चराको बासस्थानबारे अनुगमन गरिने वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १० : ०६ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित