पाथीभरा केबलकार विवाद : कोशीका सांसदहरूसँग फेरि छलफलमा गृहमन्त्री लेखक « Khabarhub

पाथीभरा केबलकार विवाद : कोशीका सांसदहरूसँग फेरि छलफलमा गृहमन्त्री लेखक


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप्लेजुङको पाथीभरमा मन्दिरमा आईएमई ग्रुपले निर्माण गर्न लागेको केबलकारबारे तनाव बढेपछि गृहमन्त्री रमेश लेखकले कोशी प्रदेश पहाडका सांसदहरूसँग फेरि छलफल सुरु गरेका छन् ।

कोशी पहाडका जिल्लाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरूसँग गृहमन्त्रीले संवाद सुरु गरेका हुन् । 

कोशीका सांसदहरूसँग सिंहदरबारमा छलफल भइरहेको सांसद उर्मिला थेबेले बताएकी छन् । उनका अनुसार छलफलमा आन्दोलनरत पक्ष ‘नो केबलकार समूह’लाई सहभागी गराइएको छैन ।

केबलकार निर्माणमा विवाद भएपछि सरकारले तत्काल निर्माणकार्य स्थगित गरेर आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ । 

छलफलबाट आएका सुझावअनुसार ताप्लेजुङको केबलकारबारे सरकारले आवश्यक निर्णय लिने तयारी गरेको छ।

आईएमई ग्रुपले निर्माण गर्न लागेको उक्त केबलकारका कारण आदिवासी जनजातिहरूले मुक्कुमलुङ नामले पुकार्ने पाथीभरा क्षेत्र एक वर्षदेखि तनावबाट गुज्रिरहेको छ ।

गत माघ १५ मा पनि गृहमन्त्रीले कोशीका सांसदहरूसँग छलफल गरेका थिए । यसबीचमा ताप्लेजुङको काफ्लेपाटी र सदरमुकाम फुङलिङमा पनि झडप भएर तनाव भइसकेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  २ : १३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार