श्रीलंकामा मानव र हात्तीबीचको द्वन्द्वमा ठूलो जनधनको क्षति « Khabarhub

श्रीलंकामा मानव र हात्तीबीचको द्वन्द्वमा ठूलो जनधनको क्षति


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलंकाले एक दशकमा झण्डै एक हजार २०० मानिस र तीन हजार ५०० भन्दा बढी जनावरको मृत्यु भएको छ । हात्ती मानवबीच द्वन्द्वको खबर सार्वजनिक गरेपछि गाउँले र जंगली हात्तीबीचको भिडन्त तत्काल समाधान गर्ने प्रतिबद्धता सरकारले व्यक्त गरेको छ ।

वातावरण मन्त्री डम्मिका पाटाबेन्डीले संसद्लाई बताएअनुसार वन्यजन्तु आरक्ष नजिकका गाउँहरूमा हात्तीको आक्रमण कम गर्न थप विद्युतीय तारबार निर्माण गर्ने र थप कर्मचारीहरू खटाइनेछ ।

‘हामी मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरणका लागि थप रकम विनियोजन गरिरहेका छौँ र छोटो समयमै यो अवस्थालाई कम गर्न सक्षम हुनेमा हामी आशावादी छौँ,’ पाटाबेन्डीले भने। 

उनका अनुसार सन् २०१५ देखि २०२४ को बीचको हात्तीसँगको द्वन्द्वमा एक हजार १९५ मानिस र तीन हजार ४८४ जंगली हात्ती मारिएका छन् ।

यस वर्षको जनवरीमा थप तीन जना मानिस र ४३ वटा हात्तीको मृत्यु भएको छ ।

विपक्षी सांसद नलिन बन्दाराले मृतकको सङ्ख्या ’स्तब्ध पार्ने’ भएको भन्दै जंगली जनावरलाई क्षति नपुर्‍याउने सुनिश्चितताका साथै मानिसहरुको सुरक्षा गर्न आग्रह गरेका छन् ।

उनले मारिएका जंगली हात्तीको शव व्यवस्थापन (विसर्जन) गर्दा एक दशकमा राज्यलाई करिब एक करोड १६ लाख अमेरिकी डलर नोक्सानी भएको र सोही अवधिमा हात्तीको आक्रमणबाट पीडितलाई करिब ४० लाख अमेरिकी डलर क्षतिपूर्ति दिइएको उल्लेख गरे । 

अनुमानित सात हजार जंगली हात्तीहरू रहेको श्रीलंकामा हात्तीहरूलाई मार्नु वा हानि पुर्‍याउनु अपराध हो । हात्तीलाई बौद्ध संस्कृतिमा तिनीहरूको महत्त्वको कारण राष्ट्रिय सम्पत्ति मानिन्छ ।

यद्यपि, यो नरसंहार जारी छ किनकि निराश किसानहरू हात्तीहरूले उनीहरूको बालीमा आक्रमण गर्न र जीविकोपार्जन नष्ट गर्न सङ्घर्ष गरिरहेका छन्।

धेरै हात्तीलाई करेन्ट लाग्ने, गोली हान्ने वा विष खुवाइएको कारण मृत्यु भएको छ । कहिलेकाहीँ विस्फोटक पदार्थले भरिएका फलहरू जनावरहरूलाई घाइते बनाउन प्रयोग गरिन्छ र त्यो  नै अक्सर पीडादायी मृत्युमा परिणत हुने गर्छ । 

हात्तीहरू पनि आफ्नो वासस्थान भएर चल्लने रेलको ठक्करका कारण हताहत हुने गर्छन् । 

एक साताअघि टापुको पूर्वी हबराना क्षेत्रमा एक्सप्रेस रेलको ठक्करबाट चार छावासहित सात हात्तीको मृत्यु भएको थियो । यो देशकै सबैभन्दा खराब दुर्घटना हो ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले एशियाली हात्तीलाई संकटापन्न जनावरको रूपमा मान्यता दिएको छ।

एसियामा अनुमानित २६ हजार हात्ती जंगलमा बस्छन् र प्रायजसो भारतमा रहेका छन् । मानव नियन्त्रणभन्दा बाहिर रहेका हात्तीको औसत आयु ६०–७० वर्ष हुन्छ । 

.

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ३ : ५९ बजे

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता

ग्रे जोनको रिपोर्टबारे रवि, ‘क्रेडिबिलिटी नभएको कुरा म पढ्दै पढ्दिनँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी अनलाइन ‘द

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने