स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा छ : मन्त्री पौडेल  « Khabarhub

स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा छ : मन्त्री पौडेल 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनको मस्यौदा अन्तिम चरणमा रहेको बताएका छन् । 

व्यवस्थित स्वास्थ्य नीति बनाएर अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले समग्र स्वास्थ्य क्षेत्रलाई लिएर नीति बनाउने काम भइरहेको बताए । 

२८औं स्वास्थ्य सेवा दिवस २०८१ को अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, ‘एकीकृत स्वास्थ्य सेवा ऐन नै ल्याउन खोजिएको हो । सबैलाई समेटेर लैजान खोजिरहेका छौँ । ऐनलाई सरोकारवालासँग छलफल गरेर निष्कर्षमा पुर्‍याउनुपर्नेछ । स्वास्थ्य सेवाभित्रका जनशक्तिका सबै विषय ऐनभित्र समेट्ने प्रयास गरिरहेका छौँ ।’

मन्त्री पौडेलले संघीयता भित्र रहेर स्वास्थ्य सेवा विस्तार गर्ने विषयमा काम गर्नुपर्ने बताए । 

उनले भने, ‘स्वास्थ्यकर्मी दबाबमा रहेर काम गर्न सक्दैनन् । काम गर्ने वातावरण निर्माण गर्नुपर्‍यो । जनशक्ति यहाँ बस्न चाहेका छैनन् । आवश्यक क्षमता अभिवृद्धि गर्ने वातावरण बनेको छैन व्यक्तिगत उन्नयनको परिस्थिति सहज बनाइनुपर्छ । यो पनि स्वास्थ्य सेवा ऐनमा समावेश गर्नुपर्छ ।’

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव रोशन पोखरेलले स्वास्थ्य सेवालाई विशेष बनाउन छुट्टै स्वास्थ्य सेवा ऐन बनाउनुपर्ने प्रतिक्रिया दिए । 

उनले भने, ‘कर्मचारीलाई उत्प्रेरणा पनि आवश्यक छ । दरबन्दीको समस्या हल गर्नुपर्नेछ । संघीयतामा स्वास्थ्य सेवालाई कहाँ राख्ने त्यो स्पष्ट हुनुपर्छ । स्वास्थ्य सेवालाई एकै ठाउँमा नल्याउने हो भने यसको नतिजा राम्रो आउन सक्दैन ।’

मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले अरु क्षेत्रका तुलनामा स्वास्थ्यका विभिन्न सूचकमा उल्लेखीय प्रगति हुनु सुखद् पक्ष भएको बताए । 

उनले भने, ‘विभिन्न चुनौतीका बिचमा पनि स्वास्थ्यका सूचकमा राम्रो सुधार देखिएको छ । यद्यपि अझै पनि दूर दराजमा स्वास्थ्य सेवा पुर्‍याउन सकिरहेका छैनौँ ।स्वास्थ्यकर्मीमा उत्प्रेरणा जगाउन जरुरी छ । एकातिर जनशक्ति पुग्न नसकेको अवस्था छ भने अर्कोतिर जनशक्ति पलायन हुने चुनौती देखिएको छ ।’

नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले स्वास्थ्यकर्मीको दरबन्दी समाधान गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) आवश्यक रहेको बताए । उनले एकीकृत स्वास्थ्य सेवा ऐनमा सबै तहको कर्मचारीको सल्लाह लिएर बनाउनुपर्ने धारणा राखे । ‘सर्वसुलभ स्वास्थ्य सेवाः निरोगी नेपाल हाम्रो प्रतिबद्धता’ नारासहित आज २८औं स्वास्थ्य सेवा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ४ : ०८ बजे

गृहमन्त्री गुरुङको स्पष्टीकरण : मेरो सम्पत्ति हजुरबुवाको अंशबण्डा हुनुअघि बाटैको, भ्रम नफैल्याउनू

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नमा स्पष्टीकरण

सार्वजनिक लेखा समितिको सभापतिका लागि सांसद भरत खड्काले गराए मनोनयन दर्ता

काठमाडौं- प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरूले कानुन

ग्रीनसिफ्ट परियोजनाअन्तर्गत युवालाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

चितवन– युरोपियन युनियन (ईयू) को सहयोगमा तेस्रो वर्षका युवा पैरवी

कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा खड्कालाई उम्मेदवार बनाउने

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको