निगमको दोस्रो वाइडबडी आज उड्ने, न्यारोबडीको उडान अनिश्चित « Khabarhub

निगमको दोस्रो वाइडबडी आज उड्ने, न्यारोबडीको उडान अनिश्चित


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमको चार वटा विमानमध्ये ३ वटा विमानमा समस्या आएकोले केही समयदेखि उड्न सकेका थिएनन् । जसमध्ये एउटा वाइडबडी विमान आजनै मर्मत भएर अन्तर्राष्ट्रिय उडान गर्ने र अन्य दुईवटा न्यारोबडीको उडान समय भने निश्चित नभएको निगमले जनाएको हो ।

निगमले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ९एन–एलजेड वाइडबडीले अहिले नियमित उडान गरिरहेको छ भने अर्को ९एन–एएलवाई को लागि आवश्यक पर्ने पाटपुर्जा आजै बेलायतबाट आइसकेकोले मर्मतपश्चाात आजै दिल्ली उडान गर्नेछ ।

तर, न्यारोबडी अन्तर्गतको ९एन–एकेडब्लु विमान चिनमा फाइभसी–चेक पश्चात् भन्सार क्लियरेन्स प्रक्रियामा समस्या सिर्जना भएकाले आउन ढिला भएको र मार्च १ सम्म काठमाडौं आइपुग्ने निगमले जनाएको छ । सो विमान त्यसपश्चात् नियमित उडानमा जाने निगमको विज्ञप्तिमा उल्लेख छ ।

अर्को न्यारोबडी ९एन–एकेएक्स को नोज ल्यान्डिङ गियरमा समस्या भएको र मर्मतका लागि दिल्ली लैजानुपर्ने आवश्यकता रहेको निगमले जनाएको छ । अन्य साना २ वटा ट्वीनअटर विमानमा पनि प्राविधिक समस्या रहेकाले मर्मतको काम सकिएपछि नियमित उडानमा जाने निगमका प्रवक्ता रमेश पौडेलले बताएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ५ : ०९ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि