ट्राफिक प्रहरी पोस्ट काँकाडभिट्टाबाट टीभीआरएस प्रणाली सुरु « Khabarhub

ट्राफिक प्रहरी पोस्ट काँकाडभिट्टाबाट टीभीआरएस प्रणाली सुरु


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टाले आजदेखि मेचीनगरअन्तर्गतका मुख्य सडकमार्गमा ट्राफिक भाइलेसन रेकर्डिङ सिस्टम (टीभीआरएस ) प्रणाली लागु गरेको छ ।  

काँकरभिट्टा ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी नायव निरीक्षक पूर्ण गौतमका अनुसार सो प्रणाली लागु भएसँगै यातायात व्यवस्थापनमा सहयोग पुग्नुका साथ ट्राफिक नियम विपरीत सवारी साधन चलाएबापत दण्डित सवारी चालकले नगदको सट्टा बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने हुन्छ । 

यसअघि झापाको बिर्तामोड र दमकमा सुरु भएको टीभीआरएस प्रणालीलाई पूर्वतर्फ विस्तार गरी मेचीनगरसम्म पुर्‍याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए। 

उनले आगामी दिनमा झापाको गौरीगञ्ज, कनकाई, सुरुङ्गा, बुद्धशान्ति, अर्जुनधारालगायतका सडकमार्गमा समेत टीभीआरएस सेवा क्रमशः विस्तार गर्ने योजना रहेको जानकारी दिए।    

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको स्वचालित रूपमा पहिचान भई ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने भएकाले सवारी साधनको चाप हुने प्रमुख सडकमार्गमा यो प्रणाली लागु गर्न लागेको ट्राफिक प्रहरी कार्यालय झापाले स्पष्ट गरेको छ ।  

टीभीआरएस प्रणालीले सवारी साधनहरूको गति, लेन परिवर्तन, ट्राफिक सङ्केत उल्लङ्घनजस्ता गतिविधिलाई निगरानी गरी अभिलेखीकरण गर्ने भएकाले ट्राफिक नियम पालनामा सुधार ल्याउने र दुर्घटना दर घटाउने अपेक्षा गरिएको छ ।

यसै गरी दण्ड जरिवानाबापत तिर्नुपर्ने तोकिएको रकम सोझै राजश्वमा दाखिला हुने भएकाले पारदर्शी र जबाफदेही बनाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ५ : ३९ बजे

पुराना र पाका नेताहरूलाई सम्मान गर्न प्यानलमा नाम समेटेका हौँ : कर्ण थापा

काठमाडौं- नेकपा एमाले एघारौं महाधिवेशनमा सचिव पदका उम्मेदवार कर्ण थापाले

वैचारिक आरोह अवरोह झेल्दै कम्युनिष्ट आन्दोलन

नेपालको कम्युनिष्ट आन्दोलन कुनै एक चरणको राजनीतिक अभ्यास होइन, दक्षिण

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्यको शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समितिको प्रथम पूर्ण बैठक नयाँबजारस्थित

एमाले महाधिवेशन : उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक (सूचिसहित)

काठमाडौं- नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ

एमालेको प्रचार : कोही छाता डुलाउँदै, कोही बाजा बजाउँदै (तस्बिरहरू)

काठमाडौं–  नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनको चौथो दिन आज भृकुटीमण्डपमा