ट्राफिक प्रहरी पोस्ट काँकाडभिट्टाबाट टीभीआरएस प्रणाली सुरु « Khabarhub

ट्राफिक प्रहरी पोस्ट काँकाडभिट्टाबाट टीभीआरएस प्रणाली सुरु


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– ट्राफिक प्रहरी पोस्ट काँकडभिट्टाले आजदेखि मेचीनगरअन्तर्गतका मुख्य सडकमार्गमा ट्राफिक भाइलेसन रेकर्डिङ सिस्टम (टीभीआरएस ) प्रणाली लागु गरेको छ ।  

काँकरभिट्टा ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी नायव निरीक्षक पूर्ण गौतमका अनुसार सो प्रणाली लागु भएसँगै यातायात व्यवस्थापनमा सहयोग पुग्नुका साथ ट्राफिक नियम विपरीत सवारी साधन चलाएबापत दण्डित सवारी चालकले नगदको सट्टा बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने हुन्छ । 

यसअघि झापाको बिर्तामोड र दमकमा सुरु भएको टीभीआरएस प्रणालीलाई पूर्वतर्फ विस्तार गरी मेचीनगरसम्म पुर्‍याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए। 

उनले आगामी दिनमा झापाको गौरीगञ्ज, कनकाई, सुरुङ्गा, बुद्धशान्ति, अर्जुनधारालगायतका सडकमार्गमा समेत टीभीआरएस सेवा क्रमशः विस्तार गर्ने योजना रहेको जानकारी दिए।    

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको स्वचालित रूपमा पहिचान भई ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने भएकाले सवारी साधनको चाप हुने प्रमुख सडकमार्गमा यो प्रणाली लागु गर्न लागेको ट्राफिक प्रहरी कार्यालय झापाले स्पष्ट गरेको छ ।  

टीभीआरएस प्रणालीले सवारी साधनहरूको गति, लेन परिवर्तन, ट्राफिक सङ्केत उल्लङ्घनजस्ता गतिविधिलाई निगरानी गरी अभिलेखीकरण गर्ने भएकाले ट्राफिक नियम पालनामा सुधार ल्याउने र दुर्घटना दर घटाउने अपेक्षा गरिएको छ ।

यसै गरी दण्ड जरिवानाबापत तिर्नुपर्ने तोकिएको रकम सोझै राजश्वमा दाखिला हुने भएकाले पारदर्शी र जबाफदेही बनाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ५ : ३९ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम