सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैनः महामन्त्री शर्मा « Khabarhub

सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैनः महामन्त्री शर्मा


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्न बनेको विधेयक जस्ताको तस्तै पारित नहुने बताएका छन् ।

आज आयोजित प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित तुल्याउने कुनै व्यवस्था अस्वीकार्य हुने धारणा व्यक्त गरे ।

“नेताहरुको आलोचना भयो, नेताहरुलाई व्यङ्ग्य गरियो भन्दैमा कसैले पनि जेल जाने अवस्था आउनुहुँदैन,” महामन्त्री शर्माले भने, “सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुँदैन । यसलाई संशोधन गर्न सरकार तयार हुनुपर्छ ।”

उनले मिडियामा नकारात्मक र भ्रामक विषयवस्तु धेरै आउने गरेको हुँदा पत्रकारहरुले तथ्य र सकारात्मक सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। मिथ्या र भ्रामक सूचनाको प्रभावबाट सर्वसाधारणलाई जोगाउन सत्य तथ्य बताउने जिम्मेवारी मिडियाको भएको उनले बताए ।

महामन्त्री शर्माले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको असामयिक निधन भएको प्रसङ्गमा उक्त घटनापछि घर फर्किएका नेपाली विद्यार्थीहरुमा अझै त्रास व्याप्त रहेको बताए ।

“घटनापछि प्रधानमन्त्रीसहित सरकारले लिएको चासो र चालेको कदमका कारण कलेजले माफी मागेको छ र नेपाली विद्यार्थीलाई पढाइमा फर्किन आह्वान गरेको छ”, उनले भने, “तर, दोषीमाथि कारबाही हुनुप(यो भनेर प्रहरीमा उजुरी दिएका विद्यार्थी अझै त्रासमा छन् । उनीहरुले आफूहरु असुरक्षित भएको बताइरहेका छन् ।”

उनले प्रकृति लम्सालको जस्तो घटना दोहोरिन नदिन सरकारले हटलाइन सम्पर्क गर्नसक्ने संयन्त्र बनाउन सरकारलाई सुझाव दिएका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ८ : ३४ बजे

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाद्वारा राजीनामा स्वीकृत

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष उदयकुमार निरौलाले आफ्नो

एसिसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले लगातार दोस्रो

नबिल डिबेञ्चर-२०९३ ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं– नबिल बैंक लिमिटेडले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक

आयु सकियो, फेरि बल्झियो कृष्णभीरको पहिरो (फोटो फिचर)

धादिङ – त्रिशूली नदीले सतहबाटै जमिन कटान गरेपछि पृथ्वी राजमार्गको

पश्चिम नेपाल बस व्यवसायीद्वारा राहत कोषमा १० लाख सहयोग

काठमाडौँ – विनाशकारी बाढी तथा पहिरो प्रभावितको राहत, उद्धार र