झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु « Khabarhub

झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


१५ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

झापा – जङ्गली हात्तीको आक्रमणबाट आज एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–४ का ७६ बर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।

चौकी सामुदायिक वन हल्दिबारीमा दिउँसो घाँट काट्न जानुभएका भट्टराईलाई हात्तीले आक्रमण गरेर मारेको प्रमुख राईले बताए । मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल, भद्रपुर पठाइएको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

यसैबीच आज यहाँको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–४ का १७ बर्षीय सुरज राजवंशी र कचनकवल गाउँपालिका–३ का १९ बर्षीय गोविन्द राजवंशी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुरज राजवंशी हुलाकी राजमार्गस्थित गौरीगञ्ज गाउँपालिका–१ मा बा६५प८७८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पिलरमा ठोकिँदा गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि उहाँलाई दमक अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, विर्तामोड नगरपालिका–२ को भित्री सडकखण्डको लालमाटी चोकबाट रामचोक आउँदै गरेको म।प्र।–०३–०२५ प ९५०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा गोविन्द गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोही मोटरसाइकलमा पछाडि सवार सोही वडामा बस्ने १८ बर्षीय अमित राजा घाइते भएको र उनको विएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ९ : २७ बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य