झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु « Khabarhub

झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

झापा – जङ्गली हात्तीको आक्रमणबाट आज एक बृद्धको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका–४ का ७६ बर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।

चौकी सामुदायिक वन हल्दिबारीमा दिउँसो घाँट काट्न जानुभएका भट्टराईलाई हात्तीले आक्रमण गरेर मारेको प्रमुख राईले बताए । मृतकको शव पोस्टमार्टमका लागि प्रदेशिक अस्पताल, भद्रपुर पठाइएको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

यसैबीच आज यहाँको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–४ का १७ बर्षीय सुरज राजवंशी र कचनकवल गाउँपालिका–३ का १९ बर्षीय गोविन्द राजवंशी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुरज राजवंशी हुलाकी राजमार्गस्थित गौरीगञ्ज गाउँपालिका–१ मा बा६५प८७८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पिलरमा ठोकिँदा गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि उहाँलाई दमक अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, विर्तामोड नगरपालिका–२ को भित्री सडकखण्डको लालमाटी चोकबाट रामचोक आउँदै गरेको म।प्र।–०३–०२५ प ९५०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा गोविन्द गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोही मोटरसाइकलमा पछाडि सवार सोही वडामा बस्ने १८ बर्षीय अमित राजा घाइते भएको र उनको विएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ९ : २७ बजे

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना