काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला « Khabarhub

काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

काठमाडौं महानगरपालिका–४ सुकेधारास्थित धोविखोला करिडोरको पश्चिमतर्फ शारदा डंगोल र तीर्थ श्रेष्ठको भत्किएको संरचनामा बनेको प्रयोगविहीन शौचालय भित्र फोहोरको थुप्रोले ढाकेको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ ।

उक्त शव ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–७ बस्ने वर्ष ५० का अडविर राईको रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

स्थानीयले दिएको जानकारीका आधारमा पुगेको प्रहरी टोलीले म्याट्रेस, सिरानी, झोला, फोहर कपडालगायतले पुरेर राखेको अवस्थामा शव भेटिएको उहाँले बताउनुभयो । उक्त शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ ।

फोहर हटाएर हेर्दा राईको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरेको जस्तो देखिने चोट रहेको तथा अनुहार र कपालमा रगत लतपतिएको पाइएको प्रहरीले जनाएको छ । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १० : ०५ बजे

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना