आईपीएल : डि ककको शानदार ब्याटिङमा राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी « Khabarhub

आईपीएल : डि ककको शानदार ब्याटिङमा राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले आठ विकेटको शानदार जित निकालेको छ। पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरुसँग सात विकेटले पराजित भएको कोलकाताको जितमा ओपनर क्विन्टन डि कक नायक भए।

गुमाइसकेको खेललाई नटआउट शानदार व्याटिङ गर्दै राजस्थानविरुद्ध डि ककले ८ विकेटको जित निकालेका हुन्। ६१ बलको सामना गरेका डि ककले ६ छक्का र आठ चौकाको मद्दतमा ९७ रन बनाए। उनी शतक बनाउन मात्र तीन रनले चुके।

यो जितसँगै कोलकाताले दुई खेलमा दुई अंक जोडेको छ भने राजस्थान दुई खेलमा अंकबिहीन छ। राजस्थान पहिलो खेलमा नराइजर्स हैदरावादसँग ४४ रनले पराजित भएको थियो।

टस जितेर सुरुमा फिल्ड रोजेको कोलकाताले १५२ रनको सामान्य लक्ष्य पाएको थियो। सामान्य लक्ष्य कोलकाताले १५ बल बाँकी हुँदा मात्र दुई विकेटको क्षतिमा १५३ रन बनाउँदै भेट्टाएको हो।

कोलकाताले ओपनर मोइन अलीलाई पाँच रनमै गुमाएको थियो। कप्तान आजिक्य रहाने पनि १८ रनमै समेटिए। उसका लागि डि कक र अंगकृष रघुवंशीले तेस्रो विकेटका लागि ८३ रनको विशाल साझेदारी गरेका थिए। यो साझेदारी नै कलकताको पुनरागमन जित निकालेको हो।

गुवाहाटीस्थित बसरापाटा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो।

राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए। २८ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे। त्यस्तै यशस्वी जैसवालले २९, कप्तान रियान परागले २५ र जोफ्रा आर्चरले १६ रन बनाएका थिए।

कोलकताका बलर बरुण चक्रवर्ती, मोइन अली, हर्षित राना र बैभव अरोराले दुईदुई विकेट लिएका थिए।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ५ : ५७ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा