तलब रोकिएपछि बालेन किन आक्रोशित ? प्रशासकीय अधिकृत नै किन चाहिन्छ ? « Khabarhub

तलब रोकिएपछि बालेन किन आक्रोशित ? प्रशासकीय अधिकृत नै किन चाहिन्छ ?


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार बेलुका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा ‘सरकारको दम्भले महानगरको सफाइ कर्मचारीले तीन महिनादेखि तलब नपाएको’ भन्दै सरकार प्रति आक्रोशित बने । 

बालेनले साता दिन भित्र कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने सम्मको चेतावनी दिँदै आक्रोश पोखेका थिए । बालेनले यसरी आक्रोश पोख्नुको कारण काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको घटना थियो । 

महानगरमा ३ महिना भन्दा बढी समयदेखि प्रमुख प्रशासकीय अधिकृत छैन । पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पासमा गडबडी गरेको भन्दै गत पुस ५ गते तत्कालीन अधिकृत सरोज गुरागाईंमाथि कारबाहीको सिफारिस भएसँगै महानगर हाकिमविहीन बनेको छ । 

त्यसले गर्दा महानगरको कर्मचारीले तलब समेत खान पाएका छैनन् । काठमाडौं महानगरको आर्थिकसँग जोडिएका सबै काम रोकिएका छन्‌ ।

कार्यकारी अधिकृत नहुँदा आर्थिक कारोबारमा असर परिरहेको काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर स्वीकार्छन् । ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा केही काम हुन सकेको छैन’, मानन्धरले भने, ‘आर्थिक काममा अलिकति समस्या भइरहेको छ ।’

महानगरबाट पैसा लिने–दिने काममा अप्ठ्यारो परिरहेको मानन्धर बताउँछन् । काठमाडौं सहितका धेरै स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीय तहहरूको धेरै कामहरू रोकिएको छ । 

प्रमुख प्रशासकीय अधिकृतको काम के–के हुन्छ ? 

प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकार ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ ले तोकेको छ । प्रमुख प्रशासकीय अधिकृतको मुख्य जिम्मेवारी आर्थिकसँग जोडिएको कारणले गर्दा यो पद बढी महत्त्वपूर्ण हुन्छ । 

पालिकाको सभा र कार्यपालिकाको सचिवको रूपमा कार्य गर्ने, सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने, अध्यक्ष वा प्रमुखको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मुल्याकन गर्ने गराउने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुन्छ । 

कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त फर्छ्योट गर्ने/गराउने अधिकार पनि प्रमुखको हुन्छ । जसले गर्दा आर्थिकसँग अर्थात् कर्मचारीको तलबसँगको विषय पनि जोडिएको हुन्छ । 

आयोजनाहरूको फरफारकका लागि प्रतिवेदन तयार गरी कार्यपालिकाको बैठकमा पेस गर्ने, पालिकाको चलअचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने गराउने, पालिका प्रमुखको निर्देशनमा कार्यपालिका तथा सभाको बैठक बोलाउने र बैठक सम्बन्धी आवश्यक कार्य गर्ने, जिम्मेवारी पनि प्रमुख प्रशासकीयको हुन्छ । 

कार्यपालिकाको निर्णय प्रमाणित गर्ने र सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने, न्यायिक समितिबाट भएको मिलापत्र तथा निर्णय सम्बन्धी मिसिल संरक्षण गराउने, पालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने समेत प्रमुख प्रशासकीयको जिम्मेवारीमा पर्छ । 

सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धी काम गर्ने जिम्मेवारी पनि प्रमुख प्रशासकीयको हुन्छ । जसले गर्दा पालिकाले डटपेन्टदेखि करोडौँको भवनसम्मको जिम्मा प्रमुख प्रशासकीय अधिकृतकै हुन्छ । 

सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य काम गर्ने जिम्मेवारी पनि प्रमुख प्रशासकीयलाई ऐनले दिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  १ : ४५ बजे

बुटवल–पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी

भैरहवा– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

गण्डकी– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । बैठक

घेरिएपछि रिसाएका ओलीले भने : विधिबाट अध्यक्ष बनेको हुँ, प्रतिवेदन र केन्द्रीय कमिटी बैठक पर्खौँ

काठमाडौँ– फागुन २१ को निर्वाचनपछि पहिलोपटक बसेको एमालेको सचिवालय बैठक

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक