टिकटक बेच्न चीनलाई ट्रम्पको नयाँ प्रस्ताव « Khabarhub

टिकटक बेच्न चीनलाई ट्रम्पको नयाँ प्रस्ताव


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्ट भिडियो एप टिकटक बिक्री गर्न चीनसामू एक प्रस्ताव राखेका छन्‌ । टिकटक गैरचिनियाँ क्रेतालाई बेच्ने समयसीमा बढाउन आफू तयार रहेको ट्रम्पले बताएका हुन्‌ ।

चिनियाँ एप टिकटकमाथि अमेरिकाले प्रतिबन्ध लगाउने र चल्न नदिने बताएपछि दुई आर्थिक महाशक्तिबीच तनाव थपिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अमेरिकामा टिकटक प्रतिबन्ध लगाउन एक कानून पारित गरेको थियो । तर, जनवरीमा ट्रम्प सत्तामा आएपछि उक्त कानून लागू गर्न हतारो देखाएका छैनन् ।

सो कानून सन्‌ २०२४ मा तयार गरिएको थियो । राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै चिनियाँ टिकटक एपमा प्रतिबन्ध लगाउन या बेच्न यो कानूनमा प्रस्ताव गरिएको छ ।

टिकटक एप बिक्री सुनिश्चित गर्न चीनमाथि लगाइएको करमा अमेरिकाले छुट दिनसक्ने ट्रम्पले बताएका हुन्‌ । टिकटकको मालिक चिनियाँ कम्पनी बाइटडान्स हो ।

ट्रम्पले गैर चिनियाँ खरिदकर्ता खोज्ने समयसीमा अप्रिल ५ सम्म लम्ब्याउन आफू तयार रहेको पनि बताएका छन्‌ । उनले पत्रकारहरूलाई भनेका छन्‌, ‘टिकटकबारे चीनले नै आवश्यक भूमिका निभाउनुपर्छ । उसले त्यो भूमिका निभाउँछ भन्ने मलाई लाग्छ । यसका लागि करमा केही कटौती या अन्य उपाय अपनाउन सकिन्छ, ता कि टिकटक गैर चिनियाँ क्रेताले खरिद गर्न सकुन्‌ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। गेट्टी इमेज

अप्रिल ५ सम्मको समयसीमाभित्र टिकटक बिक्रीबारे आवश्यक सम्झौता तयार हुने आफ्नो विश्वास रहेको ट्रम्पले बताएका छन्‌ ।

चिनियाँ स्वामित्वलाई नरुचाएका अमेरिकी जनप्रतिनिधिहरूले बाइट डान्सले टिकटक गैरचिनियाँलाई नै बेच्नुपर्ने शर्त राखेका छन्‌ । तर, चिनियाँ अधिकारीहरूले अमेरिकाको यस्तो सर्त मान्न नसकिने बताइसकेका छन्‌ ।

यो पनि –

टिकटक नबेचे प्रतिबन्ध लगाउने गरी अमेरिकी संसदले पारित गर्‍यो विधेयक

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  २ : ४६ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ