टिकटक बेच्न चीनलाई ट्रम्पको नयाँ प्रस्ताव « Khabarhub

टिकटक बेच्न चीनलाई ट्रम्पको नयाँ प्रस्ताव


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्ट भिडियो एप टिकटक बिक्री गर्न चीनसामू एक प्रस्ताव राखेका छन्‌ । टिकटक गैरचिनियाँ क्रेतालाई बेच्ने समयसीमा बढाउन आफू तयार रहेको ट्रम्पले बताएका हुन्‌ ।

चिनियाँ एप टिकटकमाथि अमेरिकाले प्रतिबन्ध लगाउने र चल्न नदिने बताएपछि दुई आर्थिक महाशक्तिबीच तनाव थपिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अमेरिकामा टिकटक प्रतिबन्ध लगाउन एक कानून पारित गरेको थियो । तर, जनवरीमा ट्रम्प सत्तामा आएपछि उक्त कानून लागू गर्न हतारो देखाएका छैनन् ।

सो कानून सन्‌ २०२४ मा तयार गरिएको थियो । राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै चिनियाँ टिकटक एपमा प्रतिबन्ध लगाउन या बेच्न यो कानूनमा प्रस्ताव गरिएको छ ।

टिकटक एप बिक्री सुनिश्चित गर्न चीनमाथि लगाइएको करमा अमेरिकाले छुट दिनसक्ने ट्रम्पले बताएका हुन्‌ । टिकटकको मालिक चिनियाँ कम्पनी बाइटडान्स हो ।

ट्रम्पले गैर चिनियाँ खरिदकर्ता खोज्ने समयसीमा अप्रिल ५ सम्म लम्ब्याउन आफू तयार रहेको पनि बताएका छन्‌ । उनले पत्रकारहरूलाई भनेका छन्‌, ‘टिकटकबारे चीनले नै आवश्यक भूमिका निभाउनुपर्छ । उसले त्यो भूमिका निभाउँछ भन्ने मलाई लाग्छ । यसका लागि करमा केही कटौती या अन्य उपाय अपनाउन सकिन्छ, ता कि टिकटक गैर चिनियाँ क्रेताले खरिद गर्न सकुन्‌ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। गेट्टी इमेज

अप्रिल ५ सम्मको समयसीमाभित्र टिकटक बिक्रीबारे आवश्यक सम्झौता तयार हुने आफ्नो विश्वास रहेको ट्रम्पले बताएका छन्‌ ।

चिनियाँ स्वामित्वलाई नरुचाएका अमेरिकी जनप्रतिनिधिहरूले बाइट डान्सले टिकटक गैरचिनियाँलाई नै बेच्नुपर्ने शर्त राखेका छन्‌ । तर, चिनियाँ अधिकारीहरूले अमेरिकाको यस्तो सर्त मान्न नसकिने बताइसकेका छन्‌ ।

यो पनि –

टिकटक नबेचे प्रतिबन्ध लगाउने गरी अमेरिकी संसदले पारित गर्‍यो विधेयक

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  २ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै