निर्मल निवास छिरेपछि दुर्गा प्रसाईं बने राजावादी आन्दोलनका ‘कमान्डर’ « Khabarhub

निर्मल निवास छिरेपछि दुर्गा प्रसाईं बने राजावादी आन्दोलनका ‘कमान्डर’


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्मल निवासमा छिरेर निस्किएपछि ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘कमान्डर’ तोकेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजगद्धीमा फर्काउने नाममा गठन भएको समितिले शुक्रबार हुन लागेको आन्दोलनका लागि प्रसाईंलाई कमान्डर तोकेको हो ।

चाबहिलको स्मार्ट पार्टी प्यालेसमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई ‘कमान्डर’ तोकिएको जानकारी दिए । 

राजावादीले व्यवसायी प्रसाईंकै नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन गर्दैछन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूको प्रदर्शनका लागि तीनकुनेलाई स्थान तोकेको छ ।

प्रसाईंले बिहीबार दिउँसो निर्मल निवास छिरेर पूर्वराजा शाहसँग मन्त्रणा गरेका थिए। गत फागुन २५ मै प्रसाईंले निर्मल निवास छिर्न खोजेका थिए। तर त्यसबेला उनलाई निर्मल निवासमा इन्ट्री मिलेको थिएन । प्रसाईंसँगै बिहीबार आन्दोलन समितिका संयोज सुवेदीले पनि पूर्वराजा शाहलाई भेटेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ३ : २१ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको