स्वर्गीय राजा वीरेन्द्रका निजी चिकित्सक डा. श्रेष्ठको निधन  « Khabarhub

स्वर्गीय राजा वीरेन्द्रका निजी चिकित्सक डा. श्रेष्ठको निधन 


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठको निधन भएको छ । 

त्रिपुरेश्परस्थित ब्लुक्रस अस्पतालका संरक्षक डा. श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको हो । ललितपुरको कुपन्डोल निवासी डा। श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज कुपण्डोलस्थित निवासमा राख्ने र शुक्रबार अन्तिम संस्कार गर्ने परिवारले जनाएको छ। डा श्रेष्ठको निधनले नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको  ब्लुक्रस अस्पतालले  जनाएको छ। 

सर्वसाधारणलाई मात्र नभइ राजपरिवारमा समेत सेवा दिएका डा। श्रेष्ठ तत्कालीन राजा वीरेन्द्रका र मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहका निजी चिकित्सक समेत हुन् । राजपरिवारको चिकित्सक रहेका कारण उनलाई शाही चिकित्सकको पदावधि पनि दिइएको छ । डाक्टर श्रेष्ठको निधनप्रति नेपाल चिकित्सक संघले समेत दुःख व्यक्त गरेको छ । 

संघले विज्ञप्ति जारी गर्दै इमानदार र लगनशील अग्रज चिकित्सक गुमाउनु पर्दा चिकित्सक संघ अत्यन्तै मर्माहत भएको जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ३ : ०७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु