पहिलो पटक निर्मल निवास छिरेका प्रसाईंको दाबी- पूर्वराजाले अघि बढ्नुस्, सफल हुनुस् भन्‍नुभयो | Khabarhub Khabarhub

पहिलो पटक निर्मल निवास छिरेका प्रसाईंको दाबी- पूर्वराजाले अघि बढ्नुस्, सफल हुनुस् भन्‍नुभयो


१४ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समेत पछि पार्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईं कडा राजावादी बनेर निस्किएका छन् ।

लिङ्देन र थापालाई पूर्वराजा ज्ञानेन्द्र शाहले लामो समयदेखि एक्ला एक्लै भेट गर्न नदिइरहेको अवस्थामा प्रसाईं बिहीबार निर्मल निवास पसेर निस्किए ।

करोडौं पर्ने सेतो गाडी लिएर निर्मल निवास छिरेका उनी करिब २ घण्टापछि बाहिरिए । त्यसलगत्तै उनलाई राजावादीहरूले शुक्रबारदेखि हुने भनिएको आन्दोलनको जनकमान्डर बनाए ।

दुई राजावादी दललाई समेत पछि पार्दै आन्दोलनका जनकममान्डर बनाइएका प्रसाईंले बिहीबार नै ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीसँग कानेखुसी गरे । उनी र सुवेदी दुवै बिहीबार एक्ला एक्लै पूर्वराजा शाहलाई भेट्न निर्मल निवास छिरेका थिए ।

प्रसाईंले बिहीबार निर्मल निवास पसेपछि पूर्वराजासँग आफूलाई प्रहरीले दुई पटकसम्म पक्राउ गरेको प्रकरणको बेलिविस्तार लगाएको बताए ।

‘मैले पुलिसले पक्रिँदाका कुरा राजासमक्ष बेलिविस्तार लगाएँ’, उनले भने, ‘त्योभन्दा ठूलो कुरा हामीले हिजो फ्याँकेको हो राजतन्त्र अब फर्काउने कुरा गरेँ । हिजो प्रचण्डसँग मिलेर राजतन्त्र फ्याँक्दा मेरो धर्म थियो, पूरा गरेँ भनेँ । आज मेरो धर्म हो, मैले राजसंस्था फर्काउनु मेरो कर्तव्य हो । म फर्काउँछु भनेको छु ।’

उनले पूर्वराजासँग राम्रो र सौहार्दपूर्ण कुरा भएको दाबी गरे । आफूलाई पूर्वराजाले अघि बढ्न भनेको पनि उनले सुनाए । ‘राजाले अघि बढ्नुस्, तपाईंहरू सफल हुनुस् भन्नु भयो । शुभकामना छ भन्नु भयो’, उनले भने, ‘राजा र दुर्गा प्रसाईंले जित्छन् यो लडाइँ । म उत्साहित छु, अनुहार नै हेर्नु न, म कति खुसी भएर आएको छु ।’

उनले यो आन्दोलनमा पूर्वराजा पनि आउने दाबी गरे । ‘राजाका लागि आन्दोलन गरेपछि राजा नै आउनु हुन्छ । राजासँगको कुराकानीले म उत्साहित छु’, उनले थपे, ‘२०७९ साल फागुनउता राजा चिया बगान, मन्दिर र घरमा जानु हुन्थ्यो । तर अब राजा दरबारमा चाहिएको छ । दलहरूले गरेको भ्रष्टाचारको वितृष्णाका कारण राजा फर्काउन लागिएको हो ।’

उनले २०७९ फागुन १ गते राजाको हातबाट बालेको दियो अब ज्वाला भएर काठमाडौंमा खस्ने पनि बताए । ‘मैले पनि जिम्मेवराी बोध गरेको छु । आमनागरिकको सहयोग जनविद्रोहलाई चाहिन्छ’, उनले भने, ‘राजासँग चार घण्टा वार्ता भएको होइन । नभनी सुटुक्क गएको थिएँ, तर राम्रै कुरा भयो ।
यो जनविरोधी सरकारलाई घुँडा टेकाउन हामीलाई राजाको पूरा साथ छ । ’

गत फागुन २५ गते पूर्वराजा शाह पोखराबाट फर्किँदा प्रसाईंको विशेष चर्चा भएको थियो । उनी पूर्वराजा शाहको गाडीभन्दा पछाडि आफ्नो महँगो गाडीमा चढेर हात हल्लाउँदै निर्मल निवाससम्म पुगेका थिए ।

विमानस्थल गेटबाट निर्मल निवाससम्म पुगे पनि उनले त्यसबेला प्रवेश पाएनन् । तर, अब भने उनले निर्मल निवासमा प्रवेश मात्रै पाएनन्, पूर्वराजाकै इशारामा आन्दोलनका जनकमान्डरमसते बने ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहीबार  ६ : १२ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय