आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख १४ गते आइतबारको राशिफल


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख १४ गते आइतबार। वैशाख कृष्ण पक्षको औंसी थिति। मातातिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन। तदनुसार सन् २०२५ अप्रिल २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। कार्यमा सफलता मिल्नेछ। साथीभाइले सहयोग गर्नेछन्। लगानीको अवसर आए अगाडि बढ्दा हुन्छ। स्वास्थ्य क्षेत्रमा लाभ हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारको सहयोग भने निरन्तर पाइने छ।

वृष : तपाईंका लागि दिन राम्रो छ। विवेक प्रयोग गरेर काम गर्नुपर्नेछ। लगानीबाट उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन सामान्य छ। आफ्नो काम आफैंले गर्नुपर्ने छ। विवादमा पर्ने जोखिम रहेकाले सोचेर बोल्नु राम्रो हुन्छ। लगानी नगर्नु राम्रो हुन्छ। समान्य दैनिकीमा अगाडि बढ्दा परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। प्रतिभा प्रदर्शन गर्ने दिन छ। शिक्षामा गरेको श्रम र लगानीबाट राम्रो आम्दानी हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : सहयोग गर्ने भन्दा खुट्टा तान्ने सक्रिय छन्। आफ्नो काममा निरन्तर लाग्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा अरुको प्रभाव बढी हुँदा तपाईंको कुरा नसुन्ने खतरा देखिन्छ।

कन्या : दिन सामान्य छ। अरुका कुरा सुनेर निर्णय गर्न नसक्ने अवस्था हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्धमा खुशी मिल्नेछ। अधुरा काम बन्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। आफ्नो कामबाट खुशी मिल्नेछ। रमाइलो ठाउँको यात्राले समयको सदुपयोग हुनेछ। व्यापारबाट लाभ हुनेछ। शिक्षामा प्रगति हुने योग छ। राजनीतिक र सामाजिक क्षेत्रमा रुचि बढ्नेछ।

वृश्चिक : दिन सामान्य छ। शिक्षालाई आधार मानेर अगाडि बढ्नु राम्रो हुनेछ। बौद्धिक क्षेत्रमा गरेको लगानीले उत्साह बढाउने छ। स्वास्थ्यमा गढबढी देखिने भएकाले खानपानमा सचेत हुनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। लगानी गरेको ठाउँमा सफलता मिल्नेछ। शिक्षा, स्वास्थ्य र व्यापारमा लगानी गर्न आँट गर्नुपर्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। परिवारको प्रेम सम्बन्ध राम्रो बन्नेछ।

मकर : दिन सामान्य छ। तपाईंसँग अपेक्षा गर्ने बढ्नेछन्। फिर्ता नहुने ठाउँमा लगानी बढ्दै जाँदा उदास बन्नुपर्ने हुनसक्छ। आफन्तले फसाउने भएकाले सचेत हुनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए उन्नति हुनेछ।

कुम्भ : दिन राम्रो छ। आफन्तबाट सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ।

मीन : दिन सामान्य राम्रो छ। बोल्दा एक पटक सोचेर बोल्नु राम्रो हुनेछ। शिक्षा र व्यापारमा मिहिनेत गर्नुपर्नेछ। मन अशान्त बन्ने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ५ : ०५ बजे

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२