सांसद ढकालको प्रस्ताव- नेपाललाई ‘माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाऔँ « Khabarhub

सांसद ढकालको प्रस्ताव- नेपाललाई ‘माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाऔँ


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– नेकपा एमालेका सांसद एकनाथ ढकालले नेपाललाई ‘माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ बनाउन आग्रह गरेका छन् ।

संसद्को आजको बैठकमा बोल्दै सांसद ढकालले सो आग्रह गरेका हुन् । नेपाल सरकारले यही  मे १६ देखि १८ सम्म काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादको तयारीमा सांसदहरूलाई पनि परिचालन गरियोस् भन्दै सुझाव दिने क्रममा सो धारणा राखेका हुन् ।

‘पहिलो,  हिमाली देशहरूको वास्तविकता र आवश्यकतालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन फ्रेमवर्क कन्भेन्सनको नीतिगत एजेन्डामा स्थान दिन सकोस् र नेपाललाई वातावरणीय कूटनीतिमा सशक्त बनायोस्  ।  हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको गम्भीर र तीव्र प्रभावहरूबारे अन्तर्राष्ट्रिय समुदायमा जागरूकता अभिवृद्धि गरोस्,’ उनको सुझाव रहेको छ, ‘दोस्रो, हिमाली क्षेत्रका राष्ट्रहरूबीच जलवायु परिवर्तनले पारिरहेको बहु आयामिक प्रभावको विषयमा साझा समझदारी विकास गरोस् । 

‘तेस्रो, समावेशी तथा न्यायपूर्ण जलवायु नीतिहरू निर्माण प्रक्रियामा हिमाली राष्ट्रहरूको प्रभावकारी सहभागिता सुनिश्चित गरोस् । नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेश्नल केन्द्र’ को  रूपमा विकास गरोस्,’ उनको थप सुझाव रहेको छ, ‘चौथो, जलवायु सङ्कटसँग जुझ्न विकासोन्मुख राष्ट्रहरूलाई आवश्यक पर्ने जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गरोस् ।’
 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १ : १९ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)