पानी परेपछि ओत खोज्दै शिक्षक (तस्बिरहरू) « Khabarhub

पानी परेपछि ओत खोज्दै शिक्षक (तस्बिरहरू)


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘शिक्षा ऐन जारी गर’  भन्दै शिक्षकहरूले आन्दोलन गरेको २६ दिन भइसकेको छ । दैनिक शिक्षकहरू सडकमा उत्रिरहेका छन् । आज उपत्यकामा पानी पर्दा शिक्षकहरूलाई समस्या परेको छ । आन्दोलनमा उत्रिएका शिक्षकहरू सडकमै भिजेका छन् । 

शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भयो । शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।

झडपमा केही शिक्षक घाइते भएका छन् । उनीहरूलाई सिभिल अस्पताल लगिएको छ ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो । बल प्रयोगपछि शिक्षकहरूले ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेको छ। शैक्षिक सुधारको माग राख्दै देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन्।

तस्बिरहरू :

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : २२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा