विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्छ : नेता सिटौला « Khabarhub

विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्छ : नेता सिटौला


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परस्पर विश्वासका आधारमा दलहरू अघि बढ्नुपर्ने बताएका छन् । 

आइतबार राष्ट्रिय सभाको अठारौँ अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा धारणा राख्दै सिटौलाले दलहरू ठूला दलहरू पटक पटक मिलेर सरकार चलाएको भन्दै परस्परको विश्वासलाई अविश्वासमा परिणत हुन दिन नहुने बताएका हुन् ।

उनले दलहरुबीचको मतभेदका कारण शान्तिप्रक्रियाका बाँकी काम अझै सम्पन्न हुन नसकेको धारणा राखे ।

आन्तरिक एकता कमजोर भए बाह्य शक्तिको हस्तक्षेप हुने र देश नै कमजोर हुन सक्ने भएकाले सरकारले प्रतिपक्षीसँग मिलेर शान्तिप्रक्रियाका बाँकी कामलाई छिटो टुङ्गाउनुपर्ने उनले बताए । 

सिटौलाले प्रतिपक्षीले पनि विरोधका लागि विरोध मात्रै नभई रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । अहिलेको व्यवस्थालाई सफल पार्न सबै मिलेर नै अघि बढ्नुपर्ने उनको भनाइ छ । त्यस्तै सिटौलाले सरकारले देशले धान्न सक्ने गरी शिक्षकहरूको माग पुरा गर्ने भन्दै विद्यालय फर्कन आग्रह गरे ।

उनले राज्यको क्षमताका बारेमा समेत शिक्षकहरूले ध्यान दिनुपर्ने बताए । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : ४३ बजे

रसुवापछि तातोपानी नाका पनि बन्द : चीनबाट हुने आयात अब मुस्ताङको कोरलाबाट

काठमाडौं– भोटेकोशीमा गत बुधबार आएको बाढीले रसुवा नाका अनिश्चितकालका बन्द

सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरि

रास्वपा सभापति लामिछानेलाई भेटेर चिनियाँ राजदूतले भने : उद्धारदेखि पुनर्निर्माणसम्म नेपालको साथमा छौँ, सघाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट

भारतमा भेटिए नौ शव, पश्चिम नवलपरासीमा ६८ वटा व्यवस्थापन (तस्बिरहरू)

पश्चिम नवलपरासी- रसुवा बाढीमा परी पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा हालसम्म