आगलागीपछि भेरी अस्पतालमा दुई दिन ओपिडी सेवा बन्द  « Khabarhub

आगलागीपछि भेरी अस्पतालमा दुई दिन ओपिडी सेवा बन्द 


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा आगलागीपछि आकस्मिक बाहेक सम्पूर्ण ओपिडी सेवा बन्द गरिएको छ । 

शनिबार बिहान अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागी हुँदा ठूलो क्षति भएको कारण अस्पताल प्रशासनले आइतबार र सोमबार (वैशाख १४ र १५ गते) ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको हो ।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘२०८२ वैशाख १३ गते भेरी अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागीका कारण ओपिडी भवन, मेडिकल स्टोर, फार्मेसी लगायतका ठाउँमा क्षति भएकोले तत्काल बहिरङ्ग सेवा सुचारु गर्न नसकिने भएको छ।’ यद्यपि, आकस्मिक सेवा भने यथावत् सञ्चालनमा रहेको अस्पतालले जनाएको छ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको औषधि, भ्याक्सिन, मेडिकल उपकरण र फर्निचर जलेर नष्ट भएको छ। विद्युत् सर्ट सर्किट भएर भ्याक्सिन राख्ने फ्रिजबाट आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीका कारण अस्पतालको मेडिकल स्टोर, फार्मेसी र ओपिडी भवनमा ठूलो क्षति पुगेको छ । साथै, केही प्रयोगशालाका उपकरण र कागजातहरू पनि जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : ५८ बजे

सिंहदरबारमा संवैधानिक परिषद् बैठक, नयाँ प्रधानन्यायाधीशको टुङ्गो लगाउँदै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपरान्ह संवैधानिक परिषदको बैठक सुरू

कर्णालीका ७९ स्थानीय तहमा एक चौथाइ दरबन्दी रिक्त

कर्णाली– भौगोलिक रूपमा विकट मानिने कर्णाली प्रदेशका ७९ स्थानीय तहमा

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ, साठी

सुकुम्वासी बस्तीमा डोजर चलाएको सरकारले ऐलानीमा के गर्ला ?

काठमाडौं- वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले काठमाडौं उपत्यकास्थित सार्वजनिक ठाउँमा

विराटनगरमा भेट भए कोशी र गण्डकीका मुख्यमन्त्री

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री