राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’ बाट हटाउन माग « Khabarhub

राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’ बाट हटाउन माग


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसद आनन्दप्रसाद ढुङ्गानाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते भाटभटेनी सुपरमार्केटमा लुटपाटमा सत्तापक्षीय दलका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झुटो भएको बताएका छन् ।

उनले लिङ्देनको उक्त भनाइलाई रेकर्डबाट हटाउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद ढुङ्गानाले सत्तापक्ष र सहमहामन्त्रीभन्दा पनि कांग्रेस पार्टीलाई आक्षेप लगाइएकाले  प्रमाण पेस गर्न वा माफी माग्न माग गरेका हुन्  ।

उनले सांसद लिङदेनको भनाइ रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरे । 
     
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद ढुङ्गानाले उठाएको विषयमा ध्यानाकर्षण भएको जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ३ : १३ बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर