राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’ बाट हटाउन माग « Khabarhub

राप्रपा अध्यक्ष लिङ्देनको भनाइ ‘रेकर्ड’ बाट हटाउन माग


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसद आनन्दप्रसाद ढुङ्गानाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते भाटभटेनी सुपरमार्केटमा लुटपाटमा सत्तापक्षीय दलका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झुटो भएको बताएका छन् ।

उनले लिङ्देनको उक्त भनाइलाई रेकर्डबाट हटाउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद ढुङ्गानाले सत्तापक्ष र सहमहामन्त्रीभन्दा पनि कांग्रेस पार्टीलाई आक्षेप लगाइएकाले  प्रमाण पेस गर्न वा माफी माग्न माग गरेका हुन्  ।

उनले सांसद लिङदेनको भनाइ रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरे । 
     
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद ढुङ्गानाले उठाएको विषयमा ध्यानाकर्षण भएको जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ३ : १३ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका