सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लागौँ : ऊर्जामन्त्री खड्का « Khabarhub

सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लागौँ : ऊर्जामन्त्री खड्का


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सबै क्षेत्र र भूगोललाई समेट्ने गरी बजेट निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

 ऊर्जा मन्त्रालयमा आज भएको चालु आर्थिक वर्षको खर्चसम्बन्धी समीक्षा बैठकमा उहाँले आगामी आवको बजेट सबै क्षेत्र, भूगोल र आवश्यकतालाई समेटेर बनाउनुपर्ने बताएका हुन् । 

‘आयोजना प्रमुखले कति खर्च गर्न सक्ने हो, खर्च गर्न सक्ने बजेट मात्र मागौँ, थालिएका आयोजना समयमा सम्पन्न गरौँ’, मन्त्री खड्काले भने । बजेटको न्यायोचित वितरण हुनुपर्ने भन्दै उनले मन्त्रालयको कामलाई थप प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उल्लेख गरे । 

ऊर्जामन्त्री खड्काले मन्त्रालयभित्र हुने अनावश्यक खर्च रोक्नुपर्ने धारणा राख्दै मातहतका सबै निकाय र कर्मचारीले नतिजा देखिने गरी काम गर्नुपर्ने बताए । 

ऊर्जा सचिव सुरेश आचार्यले राष्ट्रिय गौरवका बहुउदेश्यीय आयोजनाको सन्तोषजनक प्रगति हुन नसकेको बताए । आगामी आवको बजेट तथा कार्यक्रमलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिँदै विनियोजित बजेट कार्यान्वयनमा सबै इमानदार बन्नुपर्ने उनको भनाइ छ ।

सचिव आचार्यले सरकारले भर्खरै ल्याएको ऊर्जा विकासका लागि मार्गचित्रको लक्ष्यलाई हासिल गर्न बजेटको अपर्याप्तता रहेको भन्दै बजेटको सिलिङ बढाउन मन्त्रालय प्रयासरत रहेको बताए । 

सिँचाइ सचिव सरिता दवाडीले राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउँदा एउटा आयोजनामा खर्च हुन नसकेको बजेट अर्को आयोजनामा लगाउने गरी अगाडि बढ्नुपर्ने धारणा राखिन् । 

भूमिगत सिँचाइलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै किसानका खेतमा पानी पुगेपछि मात्र सिँचाइको उपदेहिता देखिने उनको भनाइ थियो ।

सचिव दवाडीले आगामी आवका लागि चालु आवभन्दा कम बजेटको सिलिङ प्राप्त भएको भन्दै यसलाई बढाउन मन्त्रालयले पहल गरिरहेको बताइन् । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : २० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक