राष्ट्रियसभा : शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण « Khabarhub

राष्ट्रियसभा : शिक्षकका मागप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले विद्यालय शिक्षा विधेयकसम्बन्धीको काम चाँडोभन्दा चाँडो सम्पन्न गरेर आन्दोलनरत शिक्षकहरूलाई कक्षाकोठामा फकाउने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । 

विगत २६ दिनदेखि आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नुपर्नेमा उनीहरूले सरकारको  ध्यानाकर्षण पनि गराए । 
 
सांसद गङ्गाकुमारी बेल्बासेले शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गरी विद्यालय शिक्षासम्बन्धी विधेयक शीघ्र सभामा प्रस्तुत हुनुपर्ने बताइन्  ।
 
सांसद गोपीबहादुर अछामीले शिक्षकका माग वार्ताका माध्यमबाट समाधान गर्न माग गर्दै लघुवित्त पीडित, सहकारपीडितको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।
 
सांसद मायाप्रसाद शर्माले गत चैत २० गतेदेखि शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायत माग गर्दै सडक आन्दोलन गरिरहेकाले  उनीहरूलाई विद्यालय फर्काउने वातावरण बनाऔँ भनिन् ।  

सांसद सुमित्रा बिसीले तीन प्रदेशलाई नै जोड्ने भुरीगाउँ– तेलपानी सडक निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : ३८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक