साफ यू-१९ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा « Khabarhub

साफ यू-१९ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू- १९ च्याम्पियनसिपको लागि नेपालको टोली घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । साफ यु–१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चल प्रदेशको गोल्डेन जुब्ली रशंगशालामा हुदैँछ ।

समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेल मे ११ मा श्रीलंकासँग खेल्नेछ भने दुई दिनपछि अर्थात् मे १३ मा नेपालले घरेलु टोली भारतसँग खेल्नेछ ।

नेपालले उमेर समूहको यो प्रतियोगितामा दुई पटक उपाधि जितेको छ । २०१५ मा घरेलु भूमिमा भएको च्याम्पियनसिपमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलो संस्करणको उपाधि जितेको थियो ।

नेपाली टोली

गोलकिपरः भक्तबहादुर परियार, विशेष बानियाँ, उपेन्द्र लवान

रक्षकः रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, सिद्धान्त खड्का

मिडफिल्डरः कृष्णबहादुर आले, कृष थापामगर, सरोज दर्लामी, लच्छु थापा, सविनकुमार लुंगेलीमगर, रञ्जित लामा, पवन पाख्रिन, विज्ञान खड्का

फरवार्डः सुवास बम, धर्मेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ, विजय उर्वा

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ४ : ५१ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना