शिक्षकबारे महेश बर्तौलाको आरोप- प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरे « Khabarhub

शिक्षकबारे महेश बर्तौलाको आरोप- प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरे


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीले शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका छन् । 

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले शिक्षकहरूको आन्दोलनलाई गलत दिशातर्फ लैजान गरी प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका हुन् ।

उनले प्रचण्ड सरकारमा हुँदा शिक्षकहरूसँग भएको सहमति कार्यान्वयन नहुँदा अहिलेको अवस्था आएको तर्क गरे । 

बर्तौलाले शिक्षकहरूको जायज मागलाई सरकारले सम्बोधन गर्ने भन्दै विद्यालय फर्कन शिक्षकहरूलाई अपिल समेत गरे । बानेश्वरमा आइतबार भएको झडप दुखद भएकाले आगामी दिनमा यस्तो घटना दोहरिन नदिन शिक्षकहरू पनि गम्भीर हुनुपर्ने उनले बताए ।  

उनले संसद् र सांसदहरूलाई अनावश्यक दबाब दिएर कानून बनायौँ भन्ने जितको मनोबल बनाउने प्रयास त्याग्न शिक्षकहरूलाई सुझाव दिए ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ५ : ४३ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका