शिक्षकमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखायो : सांसद दाहाल « Khabarhub

शिक्षकमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखायो : सांसद दाहाल


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शिक्षकहरूमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।  

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको माग अनुसार ऐन बनाउन तदारुकता देखाउनुपर्नेमा शिक्षकहरूमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखाएको आरोप लगाएका हुन् । 

उनले विभिन्न माग लिएर सडकमा आउनुपर्ने बाध्यता सरकारको लापरबाहीका कारण भएको जिकिर गरे । दाहालले आइतबार बानेश्वरमा शिक्षकहरूमाथि दमन भएको भन्दै भर्त्सना गरे ।  

उनले शिक्षकहरूलाई माओवादीले उत्तेजित पार्‍यो भन्ने आरोपको खण्डन समेत गरे । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ५ : ५७ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)