‘गणतन्त्रवादी शक्तिहरू एक हुनुपर्ने बेला आएको छ’ « Khabarhub

‘गणतन्त्रवादी शक्तिहरू एक हुनुपर्ने बेला आएको छ’


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले पटक–पटक भएको सङ्घर्षबाट प्राप्त संवैधानिक अधिकारको रक्षाको निम्ति सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा सम्बोधन गर्ने क्रममा श्रेष्ठले ठूलो सङ्घर्षबाट प्राप्त अधिकारको रक्षा गर्दै त्यसको कार्यान्वयनको निम्ति पनि गणतन्त्रवादी शक्तिहरू एकीकृत हुनुपर्ने आवश्यकता औँल्याए । 

पछिल्लो समय देशको परिस्थिति अत्यन्त गम्भीर र जटिल मोडमा पुगेको उल्लेख गर्दै उनले नेपालको सङ्घीय लोकतान्त्रिक, समानुपातिक समावेशी र धर्मनिरपेक्षतालगायत प्राप्त अधिकार जोगाउनु अहिलेको मुख्य चुनौती रहेको बताए । 

उनले देशको अहिलेको मुख्य विषय सामाजिक र आर्थिक रूपान्तरण भएको उल्लेख गर्दै राजनीतिक उपलब्धिलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तारित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सांसद श्रेष्ठले भने, ‘हामीले राजनीतिक परिवर्तन गरेका छौँ, तर जनताका शिक्षा, स्वास्थ्य, रोजगारको समस्या समाधान गर्न सकेका छैनौँ, जनताले पाउनुपर्ने न्यूनतम सेवा दिन सक्नुपर्छ ।’

प्राप्त उपलब्धिलाई ठिक ढङ्गबाट जनतासामु पुर्‍याउनुपर्ने बताउँदै उनले दलहरूले एकता गर्दै समन्वय र सहमति गरेर देशको पक्षमा काम गर्नुपर्ने धारणा व्यक्त गरे । 

उनले भने, ‘नेपाली जनताले चाहेको र आजको आवश्यकताको स्तरको सामाजिक र आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्रताका साथ फड्कोमा पुर्‍याउन नसकेको यथार्थ हो, यो कुरालाई हामीले स्वीकार गर्नुपर्छ ।’ शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुमा जोड दिँदै उनले सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : ०३ बजे

प्राधिकरणका कर्मचारी अन्य कम्पनीमा सञ्चालक बनेकामा महालेखापरीक्षकको प्रश्न

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहितका कर्मचारीलाई सञ्चालकका रूपमा एकभन्दा

फोहोरको स्रोतमै पृथकीकरण नहुँदा वातावरणमा नकारात्मक असर

काठमाडौं– काठमाडौँ उपत्यकाको फोहोरको स्रोतमै पृथकीकरण गरी प्रकृतिअनुसार व्यवस्थापन नगरी

अस्ट्रेलियामा शार्क आक्रमण बढ्दो, पश्चिमी अस्ट्रेलियामा एक जनाको मृत्यु

एजेन्सी– पश्चिमी अस्ट्रेलियामा शनिबार सेतो शार्कको आक्रमणमा परी एक जनाको

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक

अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट जित, कुशल भुर्तेलको शानदार शतक

काठमाडौं- कुशल भुर्तेलले शानदार शतक प्रहार गरेसँगै नेपालले अमेरिकालाई नौ