राष्ट्रियसभा : सरकारले जनताका पक्षमा कानुन बनाउने छ « Khabarhub

राष्ट्रियसभा : सरकारले जनताका पक्षमा कानुन बनाउने छ


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले संविधानको मर्मअनुसार जनताका पक्षमा कानुन बनाउने विषयमा सरकार सचेत रहेको प्रस्ट पारेका छन्  । 

बैठकको विशेष समयमा दलीय आधारमा धारणा राख्दै उनले निजामती ऐन, शिक्षा ऐन र प्रहरी ऐन यथाशीघ्र अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए । 

उनले भने, ‘सबै दल मिलेर संविधानबमोजिम कानुन निर्माण सक्नुपर्ने हो, तर हामी एकले अर्कालाई दोष मात्रै लगाउँदै आएका छौँ, यो एउटा संस्कार जस्तै भएको छ । अब देशको विकासका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्ने बेला आएको छ ।’

सांसद शेर्पाले सबै राजनीतिक दलले आफू सत्तामा हुँदा सबै ठिक देख्ने र नहुँदा बेठीक देख्ने संस्कारको अन्त्य गर्नुपर्ने बताउँदै विद्यालय शिक्षक ऐन जारी गर्ने सम्बन्धमा सबैको सहमति हुनुपर्नेमा जोड दिए ।

आत्मकेन्द्रित राजनीतिक प्रणालीलाई निरुत्साहित गर्दै संस्थागत राजनीतिका रूपमा विकास गर्न आपसी सहकार्य र समन्वय आवश्यक पर्ने उनको भनाइ छ । 

‘शिक्षा ऐनका सम्बन्धमा प्रदर्शनरत शिक्षक र सरकार दुवै पक्षबीच छलफल र वार्ताका माध्यमबाट समाधान खोज्नुपर्छ । हामीले शिक्षकका सबै माग पूरा गर्दा राज्यको अर्थतन्त्रले धान्न सक्छ कि सक्दैन भन्नेतर्फ सबै सचेत हुनुपर्छ’, सांसद शेर्पाले भने । 

सरकारले शिक्षकका सबै माग पूरा गर्ने हो भने देशले करिब रु दुई खर्ब आर्थिक भार व्यहोर्नुपर्ने जनाउँदै उनले भने, ‘त्यसैमाथि देशको अर्थतन्त्र त्यति राम्रो छैन, राम्रोसँग कर उठेको छैन, हामीले अहिले बनाइरहेको ऋणात्मक बजेटले देशका लागि कस्तो प्रभाव पार्छ, त्यसबारेमा पनि सोच्न जरुरी छ ।’

टीकाटिप्पणी मात्रै गर्नेभन्दा पनि सरकारले गरेका राम्रा कामलाई जनतासम्म पुर्‍याउनुपर्ने उनको भनाइ छ । सांसद शेर्पाले भ्रष्टाचार अन्त्य गर्ने विषय गम्भीर र चुनौतीपूर्ण भएको बताउँदै भ्रष्टाचार रोक्नका लागि सबैभन्दा पहिला काम गर्ने प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए  । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : २८ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता