संवैधानिक परिषद् विधेयक राष्ट्रियसभामा « Khabarhub

संवैधानिक परिषद् विधेयक राष्ट्रियसभामा


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गरिएको छ । राष्ट्रियसभाको आजको बैठकमा सभाका सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबल गरेका हुन् । 

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्रको बेहोरा वाचन गरेर सभासमक्ष जानकारी गराएका थिए  । त्यसै गरी अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा समेत जानकारी गराएका थिए । 

आजको बैठकमा संविधानसभा सदस्य एवं प्रतिनिधिसभाका पूर्व सदस्य तीर्थराम डंगोल र प्रतिनिधिसभाका पूर्वसदस्य कमल कोइरालाको निधनमा राष्ट्रियसभाले शोक प्रस्ताव पारित गरेको छ । 

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पेस गरेको सो प्रस्ताव सर्वसम्मतिले पारित गरिएको हो । उनीहरूको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो । 

त्यसै गरी आजको सभाको बैठकमा पर्यटन विधेयक, २०८१ पेस गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सो विधेयक सभा समक्ष पेस गरेका हुन् । 

राष्ट्रियसभाको अर्को बैठक यही वैशाख १९ गते शुक्रबार अपराह्न १ बजे र १५ मिनेटमा बस्नेछ । 

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ३४ बजे

‘इजरायल–लेबनानबीच ४५ दिन युद्धविराम विस्तारमा सहमति’ 

एजेन्सी– लेबनानमा जारी इजरायली आक्रमणका बीच इजरायल र लेबनान आगामी

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग नगर्न चेतावनी

 काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम, प्रधानमन्त्रीको नाम तथा कार्यालयको

चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

प्रविधि क्षेत्रका छुटेका विषय बजेटमार्फत सम्बोधन गर्नुपर्छ : भीष्मराज आङदेम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले

राष्ट्रपति पुटिनको चीन भ्रमण कार्यक्रम सार्वजनिक

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको  चीनको दुई दिने भ्रमणको  कार्यक्रम