बैङ्क तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउन जरुरी : मुख्यमन्त्री आचार्य « Khabarhub

बैङ्क तथा वित्तीय क्षेत्रको अनुगमन प्रभावकारी बनाउन जरुरी : मुख्यमन्त्री आचार्य


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वित्तीय अनुशासन कायम राख्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

नेपाल राष्ट्र बैङ्कको ७०औँ वार्षिकोत्सव समारोहको भैरहवा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बैङ्क तथा वित्तीय क्षेत्रमा बेलाबखत देखा पर्ने समस्याले उपभोक्तालाई चिन्तित बनाउने भएकाले अनुगमन क्षेत्रलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका हुन् । 

बैङ्क तथा वित्तीय संस्थाले मुनाफाको केही रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन जोड दिए । ‘सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम सही ढङ्गले कार्यान्वयन भएको छ कि छैन, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर आवश्यकताको आधारमा खर्च भएको छ कि छैन, यसबारे ध्यान दिन जरुरी छ’, मुख्यमन्त्री आचार्यले भने, ‘आवश्यकताको आधारमा रकम खर्च भएको छ कि, त्यसै खर्च भएको छ भन्ने विषयमा राष्ट्र बैङ्कले समीक्षा गर्न जरुरी छ ।’

प्रदेशको समृद्धि र विकासका लागि वित्तीय क्षेत्रसँग समन्वय गरेर प्रदेश सरकार अघि बढ्न तयार रहेको भनाइ मुख्यमन्त्री आचार्यको छ । 

राष्ट्र बैङ्क बैङ्कको बैङ्क भएकाले अनुगमन र नियमनको कामलाई चुस्त बनाउनुपर्ने, बैंकिङ क्षेत्रमा देखा पर्न थालेका चुनौतीको समाधानका लागि राष्ट्र बैङ्क चनाखो भएर अघि बढ्नुपर्नेमा पनि मुख्यमन्त्री आचार्यले ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले राष्ट्र बैङ्कको अध्ययन, अनुसन्धानलाई सरकारले नीति तथा कार्यक्रम तर्जुमा गर्दा आधारका रूपमा लिने गरिएको पनि बताए  । कार्यक्रममा बैङ्क तथा वित्तीय संस्थामा आबद्ध पदाधिकारी, जनप्रतिनिधि लगायत सम्बद्ध पक्षको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ४१ बजे

काठमाडौँमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु

काठमाडौँ– हिमालयन रिम फिल्म प्रदर्शनी सुरु भएको छ । ‘मार्शल

विश्वकप २०२६ का सबैभन्दा महंगा प्रशिक्षक को हुन् ?

फिफा विश्वकप २०२६ अब ढोकामै आइपुगेको छ। अमेरिका, मेक्सिको र

भोजपुरको षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुर– भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी

म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक

प्रधानमन्त्री बालेन लक्षित रविका दाजुको व्यङ्ग्य: ‘संसद् नजाने भए टेलिभिजनमा बोलाएर र्‍याखर्‍याख्ती पार’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका