चट्याङ लागेर कास्कीको अन्नपूर्णमा दुई जनाको मृत्यु « Khabarhub

चट्याङ लागेर कास्कीको अन्नपूर्णमा दुई जनाको मृत्यु


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा आइतबार दिउँसो चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृतकहरू संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरतकुविर राई र १८ वर्षीय महेश राई हुन् ।

कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार आइतबार दिउँसो करिब १ बजेको समयमा परेको चट्याङले उनीहरूको ज्यान गएको हो ।

उनीहरू करिब ३८ सय मिटर उचाइमा पदमार्ग (बाटो) बनाउने काम गरिरहेका थिए। सो स्थानमा आइतबारबाटै पदमार्ग विस्तारको काम सुरु भएको थियो, जसमा ९ जना मजदुर खटिएका थिए । अन्य ७ जना भने सकुशल रहेका छन् ।

मृतकहरूको शव निकाल्न प्रहरी निरीक्षक राजकुमार केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको डिएसपी शर्माले बताए ।

पानीसँगै परेको हिउँका कारण शव हिउँले पुरिएको अवस्थामा फेला परेको जनाइएको छ । घटनास्थल पर्यटकीय गाउँ घान्द्रुकदेखि झन्डै चार घण्टा पैदल दूरीमा पर्छ ।

उक्त स्थानमा नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा पदमार्ग विस्तारको काम भइरहेको थियो।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : १६ बजे

फिफा विश्वकप-२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ ।

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल