शिक्षकहरूको आवाजलाई दमन नगर्न महामन्त्री थापाको चेतावनी « Khabarhub

शिक्षकहरूको आवाजलाई दमन नगर्न महामन्त्री थापाको चेतावनी


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरुको आवाजलाई दमन नगर्न चेतावनी दिएका छन् । आइतबार साँझ सामाजिक सञ्जाल मार्फत थापाले शिक्षकहरूको आवाजलाई दमन नगरी संवादबाट समस्या सामाधान गर्न सुझाव दिएका हुन् ।

उनले चाँडोभन्दा चाँडो शिक्षकहरुलाई कक्षा कोठा फर्कने वातावरण बनाउनु पर्ने उल्लेख गरेका छन् । आन्दोलनरत शिक्षकहरुसँग भएको विगतको सहमतिको आधारमा निर्णय गर्नु पर्नेमा उनले जोड दिएका छन् ।

उनले लेखेका छन्े, ‘शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ। आन्दोलनरत शिक्षकहरु संग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नु पर्ने छ, त्यही गरौं।’

साथै विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक भएको उनले बताएका छन् ।

याे पनि…

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : ३७ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा