आज २०८२ साल जेठ १३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ १३ गते मंगलबारको राशिफल


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ १३ गते मंगलबार। जेठ कृष्ण पक्षको औंसी तिथि। शनिदेवको जन्म जयन्ती। तदनुसार सन् २०२५ मे २७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष: दिन धेरै राम्रो छ। धनस्थानमा चन्द्रमा पुगेकाले डुब्न लागेको सम्पत्ति प्राप्त हुनेछ। व्यापारमा सहकर्मीले साथ दिनेछन्। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष: राज्यले सम्मान गर्नेछ। साथीको साथ मिल्नेछ। सोचेको काम बन्नेछ। आम्दानीका स्रोत प्रशस्त भएकाले कृषितर्फको व्यापारमा मिहिनेत गर्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मिथुन: आज तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

कर्कट: दिन सामान्य राम्रो छ। साथी नै विरोधमा सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। व्यापारमा गरेको मिहिनेतबाट भने फाइदा हुनेछ। शिक्षा क्षेत्रको श्रमको मूल्यांकन हुनेछ। धार्मिक व्यक्तिसँग भेट हुनेछ।

सिंह: कर्मस्थानमा चन्द्रमा पुगेका छन्। सोचेको काम गर्नु उचित हुनेछ। सानो कुराले झन्झट बढे पनि मिहिनेतलाई निरन्तरता दिनुपर्नेछ। राज्यको माथिल्लो तहबाट त्रास बढ्नेछ।

कन्या: स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। सफलताका लागि शिक्षा क्षेत्रमा थप श्रम गर्नुपर्ने देखिन्छ। परिवार भन्दा साथीले तपाईंको प्रशंसा बढी नै गर्नेछन्।

तुला: गुम्न लागेको धन हाता लाग्ने दिन छ। शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। विपक्षी साथीको सहयोगमा सोचेको काम बन्नेछ। विपक्ष साथीको विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ।

वृश्चिक: पारिवारिक घुमघाम तय हुनेछ। परिवारसँग रमाइलो गर्ने दिन छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। प्रेम सम्बन्ध भने जोखिमपूर्ण रहेको छ।

धनु: दिन सामान्य छ। चन्द्रमा गलत ठाउँमा बसेकाले हरेक कुरामा बाधा आइपर्ने जोखिम छ। आफन्त भनेका व्यक्तिबाट तपाईंलाई बदनाम गराउने काम हुनसक्ने जोखिम छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मकर: दिन राम्रो छ। स्वास्थ्यले साथ दिनेछ। शिक्षामा सुधारको बाटो खुल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। विपक्षीसँग धेरै तर्क नगर्नु उचित हुनेछ।

कुम्भ: सञ्चित धन खर्च हुनेछ। यात्रामा अनावश्यक झन्झट आइपर्ने हुनसक्छ। खर्च बढ्नेछ। साथीसँग थोरै बोलेर अगडि बढ्नु उचित हुनेछ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।

मीन: तपाईंको राशिमा शनिदेव पुगेकाले ठुलो निर्णय गर्दा बौद्धिक व्यक्तिको साथ लिनुपर्नेछ। राजनीतिक क्षेत्रमा विरोधी सक्रिय छ। शिक्षा क्षेत्रको मिहिनेत र गहिरो अध्ययनले निर्णायक भूमिका निर्वाह गर्नेछ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ५ : ०० बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट