गण्डकी प्रदेश : प्रत्यक्ष र समानुपातिक सांसदमा विभेद नगर्न चेतावनी  « Khabarhub

गण्डकी प्रदेश : प्रत्यक्ष र समानुपातिक सांसदमा विभेद नगर्न चेतावनी 


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सभाको सोमबारको बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश सभाको शून्य समयमा उनीहरूले बजेट निर्माण, विकास योजना, पूर्वाधार र सामाजिक समावेशीताजस्ता विषयमा आ–आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

माओवादी केन्द्रकी दमयन्ती रुचालले बजेट निर्माणसँगै प्रत्यक्ष र समानुपातिक सांसदलाई विभेद हुने गरेको भन्दै समान बजेट उपलब्ध गराउन माग गरिन् । यस्तो विभेदले गणतन्त्रमा पनि राजतन्त्रको झल्को दिने उनको भनाइ थियो । विभेदका विरुद्ध लामो समयदेखि संघर्ष गरे पनि अझै कायम रहेको रुचालले बताइन् । बजेट विनियोजनमा विभेद कायमै रहे अदालत जाने उनको चेतावनी छ ।

नेपाली कांग्रेसकी सांसद सुनीता थापाले गण्डकी प्रदेशलाई अपार प्राकृतिक स्रोत, समृद्ध सांस्कृतिक विविधता र पर्यटन क्षमताले भरिएको प्रदेश भएको बताउँदै यसको विकासका लागि योजनाबद्धता, प्राथमिकता निर्धारण र नतिजामूलक कार्यान्वयनका लागि स्पष्ट मार्गचित्र आवश्यक भएको औँल्याइन् ।

उनले अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति, दुर्गम भेगका महिला र युवाहरूको आवाज नीति निर्माणमा समावेश गरिनुपर्ने बताइन् । स्थानीय तहको सहभागिता सुनिश्चित गर्दै बजेट निर्माण प्रक्रियामा जनआवाजलाई सुन्ने संस्कृति विकास गर्नुपर्नेमा उनको जोड थियो ।

कांग्रेस सांसद टीकाकुमारी बस्यालले दलित समुदाय विशेषगरी महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइन् । अहिले नीति तथा कार्यक्रम निर्माणको चरणमा रहेको सन्दर्भमा उनले दलित महिलाका लागि उद्यमशीलता, सीप विकास, वित्तीय पहुँच र सामाजिक सुरक्षा सुनिश्चित गर्दै आर्थिक नीतिमा उनीहरूको स्थान मजबुत बनाउनु आवश्यक भएको बताइन् । उनले दलित सशक्तीकरण र आयआर्जनका लागि छुट्टै रणनीति, बजेट र नीतिको आवश्यकता रहेको भन्दै प्रदेश सरकारलाई स्पष्ट कार्ययोजना ल्याउन आग्रह गरिन् ।

प्रदेश सभा सदस्य भक्तबहादुर कुँवरले पोखरा हुँदै मुक्तिनाथ र उपल्लो मुस्ताङमा समेत धार्मिक पर्यटकको आवतजावत बढेको भन्दै कोरला नाकामा पर्यटक ओत लाग्ने ठाउँ र शौचालय निर्माणमा ध्यानाकर्षण गराए ।

सांसद महेश भट्टराईले शालिग्राम करिडोरको मालुङ्गा खण्ड अलपत्र परेकोबारे ध्यानाकर्षण गराए । प्रदेशको गौरवको आयोजना बेलैमा सम्पर्न गर्न बजेट विनियोजना गर्न उनले आग्रह गरे ।

प्रदेश सभा सदस्य बिन्दु पौडेलले प्रदेशका प्रतिष्ठित मठमन्दिरमा उठाइएको दक्षिणा दुरुपयोग भएको भन्दै यसमा ख्याल गर्न सरकारसँग आग्रह गरिन् ।

सांसद सीताकुमारी सुन्दासले प्रदेशका नागरिकले प्रयोग गर्ने खाद्यान्न र तरकारी विषादीयुक्त भएको बताइन् । उनले मालुङ्गा र आँबुखैरेनीमा विषादी परीक्षण केन्द्र स्थापना गरे पनि सञ्चालनमा नआएको बताइन् । उनले ती कार्यालयमा जनशक्ति र मेसिनको प्रबन्ध गर्न आग्रह गरिन् ।

प्रदेश सभा सदस्य निर्मला थापाले लैंगिक असमानतको सूचीमा गण्डकी अगाडि रहेकोतर्फ ध्यानाकर्षण गराइन् । उनले मानव विकास सूचकांक सूधार हुने गरी महिलामैत्री बजेट ल्याउन माग गरिन् ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ७ : ०१ बजे

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको