आणविक सहमतिका लागि इरान तयार | Khabarhub Khabarhub

आणविक सहमतिका लागि इरान तयार


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इरान – इरानले अमेरिकासँग आणविक सहमतिका लागि आफू तयार भएको जनाएको छ। युरेनियममा साझेदारी गर्ने कुरामा सहमति हुन नसक्ने जनाएको छ।

तेहरानका विदेश मन्त्रालयका प्रवक्ताले सिएनएनसँगको वार्तामा यी विषय बुझ्न आवश्यक रहेको बताएका छन्।

प्रवक्ता इमाइल बागेसीले यो आणविक कार्यक्रम हतियारको रूपमा प्रयोग गर्नका लागि नभएका कुरा प्रस्ट पार्न चाहेको बताएका छन्। इरानको आणविक शक्तिको रूपमा अधिकार भने कायम रहेकोमा उनले जोड दिए।

अहिले पनि इरान र अमेरिकाको बीचमा बारम्बार भएको वार्ता सकारात्मक मोडमा पुगेको दुवै पक्षले बताएका छन्।

दुवै पक्षले कुनै ठोस निष्कर्ष भने नआई सकेको बताएका छन्। इरानी विदेशमन्त्री अब्बस आराग्चीले वार्तामा केही उत्साहप्रद कुरा भए पनि केही समस्या अझ बाँकी रहेको बताएका छन्।

उनले अबको दुई तीन बैठकमा सबै कुरा सहमतिमा पुग्ने बताएका छन्।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ८ : ४३ बजे

अन्तर्राष्ट्रिय पर्यटन दिवस : ढुक्क छैनन् ठमेलका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– नेपालकै प्रमुख पर्यटन क्षेत्र ठमेल हरेक वर्ष यो सिजनमा

काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

काभ्रे– २०८१ साल असोजको विपदमा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी

आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौं– आज आश्विन शुक्ल पञ्चमी । दिनका हिसाबले आज छैटौँ

चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते

चितवन– पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा ट्रक दुर्घटना

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको