विद्यार्थीलाई पढाइसँगै सीप सिकाइँदै | Khabarhub Khabarhub

विद्यार्थीलाई पढाइसँगै सीप सिकाइँदै


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रम सञ्चालन भएको हो ।

विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरत केसीले जानकारी दिए ।

‘माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने उद्देश्यले सीपमूलक तालिम सञ्चालन भएको छ’, उनले भने, ‘दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सृजना, स्वरोजगार बन्ने सहयोग पुग्ने छ ।’

बेनी नगरपालिकाका १६ विद्यालयलाई आर्थिक वर्ष २०८१–०८२ मा हामी सक्छौँ, हामी गर्छौँ कार्यक्रमका लागि एक–एक लाखका दरले १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बाह्रवटा विद्यालयले कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गरिसकेको र चारवटा सम्झौताको चरणमा रहेको बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले जानकारी दिए ।

पात्लेखेतको दीपक माविले च्याउखेती सुरु र अर्थुङ्गेको जामुनाखर्क माविले आधारभूत सौन्दर्यकला तालिम सञ्चालन गरेको छ । बेनीको बालमन्दिर माविले पलम्बिङ, नेप्टेचौरको राष्ट्रिय माविले कपाल काट्ने, भकुण्डेको अर्जुन माविले भित्तेलेखन, अर्जमको रामचन्द्र माविले हाउस वायरिङ, भकिम्लीको जयन्ती माविले अकबरे खुर्सानी र तरकारी, भिरमुनिको पौलत्स्य माविले हाते ट्रयाक्टर मर्मत, पुलाचौरको जनकल्याण माविले बाँसका सामान बनाउने तालिम सञ्चालन गर्न सम्झौता गरेका छन् ।

बेनी सामुदायिक माविले शैलुन, प्रकाश माविले हाउस वायरिङ, तोरीपानीको गलेश्वर माविले प्राविधिक धारका विद्यार्थीलाई फिल्ड सर्वेक्षणसम्बन्धी सीप सिकाउन कार्यक्रम सम्झौता गरेको छ । गलेश्वरको जडभरत संस्कृत, सिङ्गाको धवलागिरि, तातोपानीको सरस्वती र रत्नेचौरको भानु माविले कार्यक्रम प्रस्ताव पेस गरेका छैनन् ।

आर्थिक वर्ष २०७९–८० मा १० विद्यालयमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी भएपछि २०८०–८१ र २०८१–८२ देखि नगरपालिकामा रहेका १६ वटै माध्यमिक विद्यालयमा सञ्चालन गरिएको हो ।

बिहान–बेलुका विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब एक हजार विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ । (रासस)

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ९ : ४८ बजे

महाकाली सिँचाइ : तेस्रो चरणको काम तीन वर्षभित्र सकिने

दोधारा चाँदनी– राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरणको काम

डिजिटल नेपाल फ्रेमवर्क सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री गुरुङ

टोकियो– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले डिजिटल

व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी जग्गा सरकारको नाममा फिर्ता

भक्तपुर– चाँगुनारायण नगरपालिका-१ सरस्वतीखेल बसपार्कस्थित १९ रोपनी १० आना सार्वजनिक

आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युवा वर्ष आधारभूत विद्यालयको

मनसुन भित्रिएसँगै बाढी-पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं–  नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको