विद्यार्थीलाई पढाइसँगै सीप सिकाइँदै « Khabarhub

विद्यार्थीलाई पढाइसँगै सीप सिकाइँदै


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रम सञ्चालन भएको हो ।

विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख सुरत केसीले जानकारी दिए ।

‘माध्यमिक तहको शिक्षा हासिल गरेका विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने उद्देश्यले सीपमूलक तालिम सञ्चालन भएको छ’, उनले भने, ‘दक्ष, सीपयुक्त जनशक्ति उत्पादन गरेर रोजगारी सृजना, स्वरोजगार बन्ने सहयोग पुग्ने छ ।’

बेनी नगरपालिकाका १६ विद्यालयलाई आर्थिक वर्ष २०८१–०८२ मा हामी सक्छौँ, हामी गर्छौँ कार्यक्रमका लागि एक–एक लाखका दरले १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बाह्रवटा विद्यालयले कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गरिसकेको र चारवटा सम्झौताको चरणमा रहेको बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले जानकारी दिए ।

पात्लेखेतको दीपक माविले च्याउखेती सुरु र अर्थुङ्गेको जामुनाखर्क माविले आधारभूत सौन्दर्यकला तालिम सञ्चालन गरेको छ । बेनीको बालमन्दिर माविले पलम्बिङ, नेप्टेचौरको राष्ट्रिय माविले कपाल काट्ने, भकुण्डेको अर्जुन माविले भित्तेलेखन, अर्जमको रामचन्द्र माविले हाउस वायरिङ, भकिम्लीको जयन्ती माविले अकबरे खुर्सानी र तरकारी, भिरमुनिको पौलत्स्य माविले हाते ट्रयाक्टर मर्मत, पुलाचौरको जनकल्याण माविले बाँसका सामान बनाउने तालिम सञ्चालन गर्न सम्झौता गरेका छन् ।

बेनी सामुदायिक माविले शैलुन, प्रकाश माविले हाउस वायरिङ, तोरीपानीको गलेश्वर माविले प्राविधिक धारका विद्यार्थीलाई फिल्ड सर्वेक्षणसम्बन्धी सीप सिकाउन कार्यक्रम सम्झौता गरेको छ । गलेश्वरको जडभरत संस्कृत, सिङ्गाको धवलागिरि, तातोपानीको सरस्वती र रत्नेचौरको भानु माविले कार्यक्रम प्रस्ताव पेस गरेका छैनन् ।

आर्थिक वर्ष २०७९–८० मा १० विद्यालयमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी भएपछि २०८०–८१ र २०८१–८२ देखि नगरपालिकामा रहेका १६ वटै माध्यमिक विद्यालयमा सञ्चालन गरिएको हो ।

बिहान–बेलुका विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब एक हजार विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ । (रासस)

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ९ : ४८ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा