वर्षमानले भने– ठूलो माछा को हो ? « Khabarhub

वर्षमानले भने– ठूलो माछा को हो ?


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता तथा सांसद वर्षमान पुनले संसदमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयसमेत आरोपित भएकाले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे ।

‘स्वयम् गृहमन्त्रीज्यूले नै सरुवा गरेको व्यक्ति कार्यालय प्रमुख रहेका छन् । उहाँको सचिवालय तानिएको छ । अख्तियारले छापा मारेको छ । स्टिङ अप्रेशन गरेको छ । सामान्य मान्छे पक्राउ गरेर सानो माछो दुई दिनपछि छाडिएको छ । ठूलो माछा को हो ? स्वयम् अख्तियारले नै भनिरहेको छ ।’ संसदमा नेतान पुनले भने, ‘अहिले नै हामी कसैलाई आरोपित गर्न चाहाँदैनौं । यो सबै सन्दर्भमा अनुसन्धान गर्ने सबै निकाय गृहमन्त्रीज्यूको मातहतमा रहेका छन् । सम्पत्ति शुद्धीकरण होला, सिआईबी होला अरु धेरै निकायहरू । यस सन्दर्भमा माननीय गृहमन्त्रीज्यूले राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गरिदिन हुन हाम्रो विनम्र अनुरोध छ । उहाँको संलग्नता छ भनेर हामी आरोपित गर्न चाहान्नौं ।’

नेता पुनले गृहमन्त्रीको ब्याकग्राउण्ड हेर्दा कानून, मानवअधिकार शान्ति प्रक्रियाका विभिन्न शृङ्खलामा काम गरेको व्यक्ति र आफ्नो दलको प्रमुख सचेतक भएर संसदका विभिन्न विषयहरू हेण्डल गरेको भन्दै उनले अघिल्लो सेसनमा गृुहमन्त्री प्रतिपक्षी बेञ्चमा बसेर धेरै नेता र मन्त्रीहरूमाथि नैतिकताका विषय उठाएको बताए ।

‘हामीलाई कुनै नेता र पार्टीप्रति अविश्वास फैलाउन हामीलाई रुचि छैन । गम्भीर विषय उठेपछि गृहमन्त्रीले मार्ग प्रशस्त गरी निष्पक्ष छानबिन गर्ने वातावरण बनाइदिन अनुरोध गर्दछौं । यो अवस्था नबन्दासम्म हामी सम्पूर्ण प्रतिपक्षको तर्फबाट नियमित प्रक्रिया अगाडि बढाउन दिन सक्दैनौं ।’

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ११ : ५९ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा