वर्षमानले भने– ठूलो माछा को हो ? | Khabarhub Khabarhub

वर्षमानले भने– ठूलो माछा को हो ?


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता तथा सांसद वर्षमान पुनले संसदमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयसमेत आरोपित भएकाले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे ।

‘स्वयम् गृहमन्त्रीज्यूले नै सरुवा गरेको व्यक्ति कार्यालय प्रमुख रहेका छन् । उहाँको सचिवालय तानिएको छ । अख्तियारले छापा मारेको छ । स्टिङ अप्रेशन गरेको छ । सामान्य मान्छे पक्राउ गरेर सानो माछो दुई दिनपछि छाडिएको छ । ठूलो माछा को हो ? स्वयम् अख्तियारले नै भनिरहेको छ ।’ संसदमा नेतान पुनले भने, ‘अहिले नै हामी कसैलाई आरोपित गर्न चाहाँदैनौं । यो सबै सन्दर्भमा अनुसन्धान गर्ने सबै निकाय गृहमन्त्रीज्यूको मातहतमा रहेका छन् । सम्पत्ति शुद्धीकरण होला, सिआईबी होला अरु धेरै निकायहरू । यस सन्दर्भमा माननीय गृहमन्त्रीज्यूले राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गरिदिन हुन हाम्रो विनम्र अनुरोध छ । उहाँको संलग्नता छ भनेर हामी आरोपित गर्न चाहान्नौं ।’

नेता पुनले गृहमन्त्रीको ब्याकग्राउण्ड हेर्दा कानून, मानवअधिकार शान्ति प्रक्रियाका विभिन्न शृङ्खलामा काम गरेको व्यक्ति र आफ्नो दलको प्रमुख सचेतक भएर संसदका विभिन्न विषयहरू हेण्डल गरेको भन्दै उनले अघिल्लो सेसनमा गृुहमन्त्री प्रतिपक्षी बेञ्चमा बसेर धेरै नेता र मन्त्रीहरूमाथि नैतिकताका विषय उठाएको बताए ।

‘हामीलाई कुनै नेता र पार्टीप्रति अविश्वास फैलाउन हामीलाई रुचि छैन । गम्भीर विषय उठेपछि गृहमन्त्रीले मार्ग प्रशस्त गरी निष्पक्ष छानबिन गर्ने वातावरण बनाइदिन अनुरोध गर्दछौं । यो अवस्था नबन्दासम्म हामी सम्पूर्ण प्रतिपक्षको तर्फबाट नियमित प्रक्रिया अगाडि बढाउन दिन सक्दैनौं ।’

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ११ : ५९ बजे

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको

जेठमा प्रदर्शनमा आएका मध्ये धेरै नेपाली दर्शकले हेरेको फिल्म बन्यो ‘हाउसफुल ५’

काठमाडौं – बलिउड फिल्म ‘हाउसफुल’को सिक्वेल ‘हाउसफुल ५’ नेपालमा चौथो

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं– पोखरा महानगरपालिका-३१, बेगनासताल कास्कीस्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

म्याग्दी– जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको

प्रधानमन्त्रीले भेटे सुर्खेतबाट खाली खुट्टै आएका नवराजलाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको