लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण « Khabarhub

लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको मोदी गाउँपालिकाका दुई वडालाई जोड्न लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

गाउँपालिका– ४ क्याङ र वडा नम्बर ५ बाजुङ जोड्नका लागि दुवै वडाको सिमानामा रहेको लिस्तुनखोलामा झोलुङ्गे पुल बनाइएको हो ।

मोदी गाउँपालिकाको पाँच लाख ४२ हजार ३५० र एसडब्लुएपी (स्वाप)को ३५ लाख ४६ हजार १३८ तथा उपभोक्ताको श्रमदान ८३ हजार ४३८ गरी कुल ४१ लाख ७१ हजार ९२७ को लागतमा पुल निर्माण भएको हो ।

पुलको लम्बाइ ७० मिटर लामो रहेको छ । स्वाप कार्यक्रम नेपालको सहयोगमा बनेको पुल निर्माणका लागि पर्वतको खुर्कोट युवा क्लबले प्राविधिक सहयोग गरेको थियो । ६ महिनामै पुल निर्माण सम्पन्न गरेर सोमबारदेखि सञ्चालन गरिएको मोदी गाउँपालिकाले जनाएको छ ।

पुल निर्माणपछि बाजुङ र क्याङका बासिन्दालाई आवतजावतमा सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चामबहादुर पुनले जानकारी दिए । उनका अनुसार दुवै वडाका हजारौँ बासिन्दाका साथै पर्यटकीय गाउँ लेसपार हुँदै हप्पाल, माटेको लेक, मोहोरेडाँडा, पुनहिल जाने पर्यटकका लागि समेत सहज भएको छ ।

पुल नहुँदा यहाँका स्थानीयले हिउँदमा अस्थायी फड्के राखेर खोला तर्दै आएका थिए तापनि बर्खायाममा दुवैतर्फका आवतजावत ठप्प बनेको थियो । अब भने बाह्रैमास खोला वारपार गर्न सहज भएको अध्यक्ष पुनले जानकारी दिए ।

यसैबीच, निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको सोमबार मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले उद्‌घाटन गरिन् । पुल उद्‌घाटन गर्दै शर्मा खोला वारपार गर्न वर्षौंदेखि समस्या खेप्दै आएका बाजुङ र क्याङका बासिन्दालाई यो पुलले राहत मिलेको बताइन् ।

सडक मार्गको पहुँच पुग्न नसकेको यहाँका बासिन्दालाई सुविधा पुर्‍याउनका लागि झोलुङ्गे पुल निर्माण गर्न सहयोग गर्न स्वाप कार्यक्रम नेपाललाई धन्यवाद दिँदै नागरिकले असहज महसुस गरेका अन्य खोलानालामा पनि पुल निर्माण कार्यलाई अघि बढाइने उनको भनाइ छ ।

पुल निर्माण उपभोक्ता समितिका सचिव तीर्थबहादुर पुनले पुल निर्माणपछि कृषकलाई बर्खायाममा घाँसदाउरा ओसार्न, गाईवस्तुलाई खोला तार्न र यस पदमार्ग हुँदै पर्यटकीयस्थलहरूमा जाने पर्यटकका लागि हिँड्डुलमा सहज भएको बताए ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १२ : १५ बजे

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान