नासाको चन्द्र अभियानसँग जोडिएको स्टारशिप पुनः परीक्षणमा उत्रिँदै « Khabarhub

नासाको चन्द्र अभियानसँग जोडिएको स्टारशिप पुनः परीक्षणमा उत्रिँदै


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– एलन मस्कको मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने महत्वाकांक्षी योजनाको केन्द्रमा रहेको स्पेसएक्सको ‘स्टारशिप मेगारकेट’ आज फेरि परीक्षण उडानको तयारीमा छ । अघिल्ला दुई प्रयासमा यानमा आगो लागेर विस्फोट भएपछि यो परीक्षणमा थप चासो केन्द्रित भएको छ ।

टेक्सासको दक्षिणी भागमा रहेको स्पेसएक्सको स्टारबेस प्रक्षेपण केन्द्रबाट आज स्थानीय समय अनुसार बेलुका ६ः३० बजे प्रक्षेपण हुने समय तय गरिएको छ । एक सय २३ मिटर अग्लो स्टारशिप अहिलेसम्म बनाइएको सबैभन्दा ठूलो यान हो । 

नासाले पनि आफ्नो ‘आर्टेमिस–३’ मिशन अन्तर्गत अमेरिकीहरूलाई चन्द्रमामा फर्काउने यानको रूपमा स्टारशिपको एक संस्करण प्रयोग गर्ने तयारी गरेको छ ।

तर अघिल्ला दुई परीक्षणमा माथिल्लो भाग विस्फोट हुँदा टुक्राहरू क्यारेबियन टापुहरूमा खसेका थिए, जसले हवाई उडानमा बाधा र्पुयाएको थियो । यसपटक परीक्षण सफल पार्न स्पेसएक्समाथि थप दबाब रहेको छ ।

कम्पनीले परीक्षणमार्फत तीव्र विकासको नीति अपनाएको बताउँदै आएको छ, जसले विगतमा पनि वाणिज्यिक अन्तरिक्ष उडानमा सफलताको आधार तयार पारेको थियो ।

पर्यावरणीय चिन्ता र अनुमति

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले प्रक्षेपणका लागि अनुमति दिँदै हवाई क्षेत्र बन्द गर्ने क्षेत्रफल झन्डै दोब्बर बनाउँदै एक हजार ६०० नौटिकल माइलसम्म विस्तार गरेको छ । यस प्रक्रियामा बेलायत, टक्र्स र केकोस टापु, बहामास, मेक्सिको र क्यूबाका अधिकारीहरूसँग समन्वय गरिएको छ ।

एफएएले वार्षिक प्रक्षेपण सङ्ख्या पाँच बाट बढाएर २५ पुर्‍याउने निर्णय पनि हालै गरेको छ । यसले वातावरणमा नकारात्मक असर नपार्ने बताउँदै संरक्षण समूहहरूको चेतावनीलाई अस्वीकार गरेको हो, जसले समुद्री कछुवा र तटीय चराहरूको जोखिमको चेतावनी दिएका थिए । –रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १ : ०९ बजे

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली