नासाको चन्द्र अभियानसँग जोडिएको स्टारशिप पुनः परीक्षणमा उत्रिँदै | Khabarhub Khabarhub

नासाको चन्द्र अभियानसँग जोडिएको स्टारशिप पुनः परीक्षणमा उत्रिँदै


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– एलन मस्कको मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने महत्वाकांक्षी योजनाको केन्द्रमा रहेको स्पेसएक्सको ‘स्टारशिप मेगारकेट’ आज फेरि परीक्षण उडानको तयारीमा छ । अघिल्ला दुई प्रयासमा यानमा आगो लागेर विस्फोट भएपछि यो परीक्षणमा थप चासो केन्द्रित भएको छ ।

टेक्सासको दक्षिणी भागमा रहेको स्पेसएक्सको स्टारबेस प्रक्षेपण केन्द्रबाट आज स्थानीय समय अनुसार बेलुका ६ः३० बजे प्रक्षेपण हुने समय तय गरिएको छ । एक सय २३ मिटर अग्लो स्टारशिप अहिलेसम्म बनाइएको सबैभन्दा ठूलो यान हो । 

नासाले पनि आफ्नो ‘आर्टेमिस–३’ मिशन अन्तर्गत अमेरिकीहरूलाई चन्द्रमामा फर्काउने यानको रूपमा स्टारशिपको एक संस्करण प्रयोग गर्ने तयारी गरेको छ ।

तर अघिल्ला दुई परीक्षणमा माथिल्लो भाग विस्फोट हुँदा टुक्राहरू क्यारेबियन टापुहरूमा खसेका थिए, जसले हवाई उडानमा बाधा र्पुयाएको थियो । यसपटक परीक्षण सफल पार्न स्पेसएक्समाथि थप दबाब रहेको छ ।

कम्पनीले परीक्षणमार्फत तीव्र विकासको नीति अपनाएको बताउँदै आएको छ, जसले विगतमा पनि वाणिज्यिक अन्तरिक्ष उडानमा सफलताको आधार तयार पारेको थियो ।

पर्यावरणीय चिन्ता र अनुमति

अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले प्रक्षेपणका लागि अनुमति दिँदै हवाई क्षेत्र बन्द गर्ने क्षेत्रफल झन्डै दोब्बर बनाउँदै एक हजार ६०० नौटिकल माइलसम्म विस्तार गरेको छ । यस प्रक्रियामा बेलायत, टक्र्स र केकोस टापु, बहामास, मेक्सिको र क्यूबाका अधिकारीहरूसँग समन्वय गरिएको छ ।

एफएएले वार्षिक प्रक्षेपण सङ्ख्या पाँच बाट बढाएर २५ पुर्‍याउने निर्णय पनि हालै गरेको छ । यसले वातावरणमा नकारात्मक असर नपार्ने बताउँदै संरक्षण समूहहरूको चेतावनीलाई अस्वीकार गरेको हो, जसले समुद्री कछुवा र तटीय चराहरूको जोखिमको चेतावनी दिएका थिए । –रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १ : ०९ बजे

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको

जेठमा प्रदर्शनमा आएका मध्ये धेरै नेपाली दर्शकले हेरेको फिल्म बन्यो ‘हाउसफुल ५’

काठमाडौं – बलिउड फिल्म ‘हाउसफुल’को सिक्वेल ‘हाउसफुल ५’ नेपालमा चौथो

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं– पोखरा महानगरपालिका-३१, बेगनासताल कास्कीस्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु

बेनीको खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ निर्माण

म्याग्दी– जिल्ला सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्यारापिट’ बनाउन थालिएको

प्रधानमन्त्रीले भेटे सुर्खेतबाट खाली खुट्टै आएका नवराजलाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको