‘भिजिट भिसा प्रकरण मानव तस्करी हो, गम्भीर भएर छानबिन हुनुपर्छ’ « Khabarhub

‘भिजिट भिसा प्रकरण मानव तस्करी हो, गम्भीर भएर छानबिन हुनुपर्छ’


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरण भ्रष्टाचारको मात्रै नभई मानव तस्करीको विषय भएकाले गम्भीर भएर छानबिन हुनुपर्ने बताएका छन् ।  

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले मानव तस्करी भइरहेको उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको आरोप समेत लगाए  ।

अध्यागमनबाट भिजिट भिसामार्फत नेपालीहरूलाई बेच्ने प्रकरणमा राज्यको निकायहरू नै जोडिएकाले गृहमन्त्री रमेश लेखकको राजीनामा केवल नैतिकताको विषयमात्रै हुन नसक्ने उनले बताए ।

सांसद पराजुलीले भिजिट भिसामार्फत मानव तस्करीको विषयमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाएर अध्यागमनका कर्मचारीलाई पक्राउ गर्न खोज्दा गृह मन्त्रालयले दोषी देखिएका कर्मचारीलाई बचाउनका लागि रातारात सरुवा गर्ने काम गरेको आरोप लगाए ।

गृहमन्त्री लेखकलाई दोषीसँग जोडेर हेर्ने शंकाको दायरा फराकिलो भएकाले राजीनामा दिन लगाएर अनुसन्धानको घेरामा ल्याउनुपर्ने उनले बताए  ।  

पराजुलीले उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेर सत्य तथ्य छानबिन गर्ने र दोषीलाई कडा कारबाही हुनुपर्ने धारणा राखे । 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  १ : १८ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा