बङ्गलादेशमा मृत्युदण्ड पाएको नेता सर्वोच्च अदालतबाट निर्दोष घोषित | Khabarhub Khabarhub

बङ्गलादेशमा मृत्युदण्ड पाएको नेता सर्वोच्च अदालतबाट निर्दोष घोषित


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


972
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशको सर्वोच्च अदालतले मंगलबार देशको प्रमुख इस्लामी पार्टी जमात–ए–इस्लामीका वरिष्ठ नेता एटीएम अजहरुल इस्लामलाई मानवीय अपराधको मुद्दामा दिइएको मृत्युदण्ड सजाय रद्द गर्दै रिहा गर्ने निर्णय सुनाएको छ । उनी सन् २०१२ देखि हिरासतमा थिए ।

इस्लामसहित पाँच वरिष्ठ नेताहरूलाई विगतमा दोषी ठहर गरिएको थियो, तीमध्ये चार जमात–ए–इस्लामीका र एक प्रमुख बङ्गलादेश राष्ट्रिय पार्टी (बीएनपी) का थिए ।

उनका वकिल शिशिर मोनिरले यस निर्णयप्रति सन्तुष्टि व्यक्त गर्दै भने,’उहाँलाई न्याय प्राप्त भएको र बाँकी अन्य अभियुक्तहरूको मुद्दामा पनि पुनरावलोकन आवश्यक छ ।’

इस्लामलाई सन् २०१४ मा १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्धको समयमा लगाइएका आरोपहरूमा दोषी ठहर गर्दै मृत्युदण्ड दिइएको थियो ।

जमात–ए–इस्लामीले सो युद्धमा पाकिस्तानलाई समर्थन गरेको थियो, जसले बंगलादेशी इतिहासमा गहिरो प्रभाव पारेको छ ।

वर्तमान अन्तरिम सरकारले आगामी चुनाव जुन सन् २०२६ भित्र सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ भने राजनीतिक दलहरू समेत चुनावको तयारीमा जुटेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  २ : ०० बजे

खोकना बासीले मनाए सिकाली जात्रा (तस्बिरहरू)

काठमाडौं– उपत्यका लगायत देशैभर वडादशै मनाइरहेको अवस्थामा ललितपुरस्थित खोकनामा भने

ड्रोनबाट यस्तो देखियो सत्तीघाट पुल (तस्बिरहरू)

कर्णाली– कर्णाली नदीमा बनेको सत्तीघाट पुलले कैलालीको टीकापुर र बर्दियाको

कथा : दुर्गा पूजा 

आज प्रतिपदा तिथि रहेछ । बेलुकी मात्र क्यालेण्डरमा आँखा ठोक्किन

स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, अर्का एक गम्भीर

बरहथवा– सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको