बूढीगण्डकी बनाउन राजनीतिक समझदारी चाहिने « Khabarhub

बूढीगण्डकी बनाउन राजनीतिक समझदारी चाहिने


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न राजनीतिक समझदारी आवश्यक रहेको बताएका छन्।

गोरखाको सहिद लखन गाउँपालिका भवनको आज उद्घाटन गर्दै उनले आयोजना निर्माणमा राजनीतिक सहमति अपरिहार्य भएको बताए । जुनसुकै हालतमा आयोजना निर्माण हुने बताउँदै उनले आयोजनाको ‘मेडालिटी’ र स्रोत व्यवस्थापनका कारण निर्माणमा विलम्ब भएको उल्लेख गरे । 

‘बूढीगण्डकी आयोजना जसरी पनि बनाउनुपर्छ,’ आफू प्रधानमन्त्री रहेका बेला बूढीगण्डकी आयोजना निर्माणका लागि गरेको कसरतबारे सुनाउँदै उनले भने ।

‘बूढीगण्डकी आयोजना निर्माणमा ढिलाइ हुँदा जनतालाई धेरै पीडा भइरहेको छ,’ उनले भने, ‘यो आयोजना निर्माणका लागि निरन्तर पहल र प्रयत्न गरिरहेका छौ ।’ 

सङ्घीय शासन व्यवस्था अभ्यासमा आएपछि पालिकाहरूका भवन सुविधा सम्पन्न बनेकाले जनताले पाउने सेवा प्रवाह पनि परिणाममुखी हुनुपर्नेमा उनले जोड दिए ।

‘सिंहदरबार गाउँगाउँमा भनेर हामीले जे परिकल्पना गरेर संविधान बनाइयो’, अध्यक्ष दाहालले भने, ‘जनताले सुविधा सम्पन्न भवनबाट सहज ढङ्गले सेवा प्रवाह प्राप्त गर्न सके मात्र त्यसको औचित्य पुष्टी हुनसक्छ ।’
 
उनले पछिल्लोसमय सघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने कोसिस भइरहेको भन्दै गणतन्त्र पक्षधर सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । आर्थिक विकास, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर राज्यले काम गर्नुपर्ने अध्यक्ष दाहालको सुझाव छ । 

यसैबीच, चितवनमा आज अपराह्न आयोजित एक कार्यक्रममा उनले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । युवाको विदेश पलायन रोक्न राज्यस्तरबाटै प्रयत्न हुनुपर्ने उनको अभिव्यक्ति छ । –रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  २ : २७ बजे

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान