हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनुपर्छ : नेता कोइराला « Khabarhub

हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनुपर्छ : नेता कोइराला


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकका हरेक क्षेत्रमा लेङ्गिक समानता कायम हुनुपर्ने बताएका छन् ।

जिपी कोइराला लेबर फाउण्डेशन नेपालद्वारा आज विराटनगरमा आयोजित ‘लैङ्गिक समानता’ विषयक प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक दलले लैङ्गिक समानतालाई व्यवहारमा उतार्न आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिए ।

नेता कोइरालाले समान कामको समान ज्याला भनिए पनि महिला श्रमिकलाई दिने पारिश्रमिकमा भेदभाव भएकाले त्यसको अन्त्यका लागि ट्रेड युनियनले आवाज उठाउनुपर्ने बताए ।

उनले पार्टीको केन्द्रदेखि जिल्ला तहसम्म ट्रेड युनियनको प्रतिनिधित्व हुनुपर्ने विगतदेखि आफूले माग गरेको चर्चा गर्दै यसबाट श्रमिकको हकहितमा युनियनले उठाएको माग पूरा हुने विश्वास व्यक्त गरे । 

नेकांका केन्द्रीय सदस्यद्वय अमृत अर्याल र रामकृष्ण भट्टराईले आर्थिक उपार्जनमा वृद्धि गरी लैङ्गिक समानता कायम गर्नुपर्ने सुझाव दिए ।

फाउण्डेशनकी अध्यक्ष सुधा दाहाल, नेकां मोरङका कार्यवाहक सभापति भत्ति माझी, ट्रेड युनियन कांग्रेसका नारायणबाबु कार्की, फाउण्डेशनका मातृका शिवाकोटीले फाउण्डेशनले विस २०६५ देखि महिला श्रमिकको हक अधिकारका क्षेत्रमा कार्य गरिरहेको जानकारी दिए  ।

कार्यक्रम महिला श्रमिकको संरक्षण, वैदेशिक रोजगार प्रशिक्षण, शिप प्रदान र सचेतनाजस्ता कार्यक्रममा जिल्लाका १०० जनाको सहभागिता रहेको छ । –रासस

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ३ : १३ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा