प्रतिपक्षीले संसद् अवरुद्ध गरेपछि दलहरूसँगको छलफलमा जुटे सभामुख  « Khabarhub

प्रतिपक्षीले संसद् अवरुद्ध गरेपछि दलहरूसँगको छलफलमा जुटे सभामुख 


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरे दलहरूसँग छलफलमा जुटेका छन् । प्रतिपक्षी दलहरूको अवरोधका कारण अवरुद्ध भएको बैठक सुचारुका लागि सभामुखको कार्यकक्षमा छलफल चलिरहेको छ । 

‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले नाराबाजी गरेपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । 

निर्धारित आधा घण्टापछि पनि बैठक सुचारु गर्ने वातावरण नबनेपछि संसद् सचिवालयले सूचना टाँस गरेर बैठक दिउँसो २ः३० बजेसम्मका लागि पर धकेलेको थियो । 

तर, निर्धारित समयमा पनि बैठक बस्ने अवस्था नदेखिएपछि सभामुख घिमिरे अहिले दलहरूसँग छलफलमा जुटेका उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ३ : १९ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा