मन्त्रिपरिषद् बैठक निर्णय : एकै पटक १० जना सचिवको सरुवा, अरू के-के गर्‍यो ? | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक निर्णय : एकै पटक १० जना सचिवको सरुवा, अरू के-के गर्‍यो ?


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले एकै पटक १० जना सचिवहरूको सरुवा गरेको छ ।  

मंगलबार सिंहदरबारमा जेठ १२ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले निजामती सेवाका राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० सचिवहरूको सरुवा गर्ने निर्णय भएको जानकारी दिए । 

बैठकले प्रशासन सेवा समूहतर्फ सहसचिव भुपाल बराल र इन्जिनियरिङ सेवा तर्फ दिनानाथ मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ । 

बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेश गर्न स्वीकृति प्रदान गरेको छ भने सार्वजनिक सेवा प्रशारण नियमावली २०८२ स्वीकृत गर्नुका साथै विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईँलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए। 

मन्त्रिपरिषद्ले जापान सरकारबाट छात्रवृत्ति परियोजनाका लागि प्राप्त हुने करिब ५३ करोड ७६ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

त्यस्तै बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा कृष्ण प्रसाद तिम्सिनालाई नियुक्त गर्ने निर्णय गरेको छ भने इपिएसमार्फत नेपाली नागरिकलाई रोजगारीका लागि कोरिया पठाउनेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय समेत भएको छ । 

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ४ : ०७ बजे

भ्रष्टचार नियन्त्रणका लागि एमालेले गरेका निर्णय बाहिर ल्याउन सरकारलाई ओलीको चुनौति 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले

पूर्व पदाधिकारीको सुविधाबारे नियमित अनुगमन गर्दै अर्थमन्त्रालय

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले कानुनले नदिएको सुविधा जबर्जस्ती उपभोग गरेका

चीनमा सुरुङ भत्किँदा तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

एजेन्सी– चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ

विश्व पर्यटन दिवस : भक्तपुर दरबार क्षेत्रमा पर्यटकको स्वागत

भक्तपुर– विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार

बेलहिया नाकाबाट पर्यटक आगमनमा सुधार

भैरहवा– कोरोना महामारीपछि बेलहिया नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा क्रमिक