‘ज्ञानेन्द्रसमेतको सहमतिमा हृदयन्द्रलाई राजा बनाउन सकिन्छ’ « Khabarhub

‘ज्ञानेन्द्रसमेतको सहमतिमा हृदयन्द्रलाई राजा बनाउन सकिन्छ’


१३ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नाति हृदयन्द्र शाहलाई भावी राजा बनाउने विषयमा सहमति जुट्न सक्ने बताएका छन्। उनले हृदयन्द्र अब वयस्क भइसकेकाले राजसंस्थाको नेतृत्व लिन सक्षम रहेको उल्लेख गरेका छन्।

‘हृदयन्द्र तयार भएकै छन्, उनी २०/२१ वर्षका भइसकेका छन्,’ थापाले मंगलबार काठमाडौंमा पत्रकारहरूसँग आयोजित छलफलमा भने, ‘यसका लागि राजा ज्ञानेन्द्र शाह पनि सहमतिमा आउनु हुन्छ ।’ उनले राजसंस्थासम्बन्धी निर्णय व्यक्तिमा नभई विचारमा आधारित हुनुपर्ने धारणा राखे।

‘राजसंस्था भनेको केबल पात्र मात्रै होइन, त्यो राजसंस्थासहितको प्रजातन्त्र भन्ने एउटा आइडिया हो, विचार हो,’ थापाले स्पष्ट पारे, ‘यहाँ केबल एकजना व्यक्तिलाई केन्द्रमा राखेर सोच्न थाल्यौँ भने त्यो विचार कसरी बन्न सक्छ भन्ने प्रश्न उठ्छ।’

थापाले राजसंस्थालाई लोकतान्त्रिक ढाँचामा पुनर्स्थापित गर्न सकिने सम्भावना औँल्याउँदै त्यसका लागि वैचारिक र मूल्यगत आधारहरूलाई बलियो बनाउनुपर्ने धारणा राखे।

उनले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारको संरक्षणका पक्षमा सञ्चारकर्मीहरू पनि उभिनुपर्ने बताए।

‘संविधानले कुनै पनि दललाई निषेध गर्न नसक्ने व्यवस्था गरेको छ,’ उनले भने, ‘विचार, अभिव्यक्ति र बिनाहातहतियार भेला हुने अधिकारको पक्षमा सञ्चारकर्मी पनि उभिनु पर्छ।’

थापाले राजसंस्थालाई सशक्त वैचारिक विकल्पका रूपमा प्रस्तुत गर्दै त्यसमा आधुनिकताको समावेश आवश्यक भएको धारणा राखे।

प्रकाशित मिति : १३ जेठ २०८२, मंगलबार  ४ : ५५ बजे

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि